प्रहरी हिरासतमा रहेका बालकृष्ण खाँणलाई भेट्न पुगिन् श्रीमती मञ्जु खाँण

May 22, 2023 - 04:39
 0
प्रहरी हिरासतमा रहेका बालकृष्ण खाँणलाई भेट्न पुगिन् श्रीमती मञ्जु खाँण
प्रहरी हिरासतमा रहेका बालकृष्ण खाँणलाई भेट्न पुगिन् श्रीमती मञ्जु खाँण

काठमाडौँ । सांसद मञ्जु खाणले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका आफ्ना श्रीमान् बालकृष्ण खाणलाई भेटेकी छन् । मञ्जुले आज बिहान  जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका श्रीमान् बालकृष्णसँग भेटघाट गरेकी हुन् ।  

नक्कली भुटानी शरणार्थी प्रकरणमा रहेको आरोपमा पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण वैशाख २७ गते चुच्चेपाटीबाट पक्राउ परेका थिए । 

सो प्रकरणमा मञ्जुमाथि आरोप लागेपनि पक्राउ भने परेकी छैनन् । मञ्जु जेठ ४ गते प्रतिनिधिसभाको बैठकमा समेत उपस्थित भएकी थिइन् । 

प्रहरीले आज सरकारी वकिलको कार्यालयमा शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहेको बेला मञ्जु आफ्ना पति खाणलाई भेट्न पुगेकी हुनु । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1