नक्कली शरणार्थी प्रकरण : आजबाट अदालतमा बयान सुरु हुने

May 26, 2023 - 01:26
 0
नक्कली शरणार्थी प्रकरण : आजबाट अदालतमा बयान सुरु हुने
नक्कली शरणार्थी प्रकरण : आजबाट अदालतमा बयान सुरु हुने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूको आजदेखि अदालतमा बयान प्रक्रिया सुरु हुने भएकाको छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा गत चैत १३ गतेदेखि पक्राउ परेकाहरूको आजदेखि अदालती बयान सुरु हुन लागेको हो ।

सो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, काँग्रेस नेता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायतलाई पक्राउ गरिएको थियो ।  

गत सोमवार प्रहरीले आफ्नो अनुसन्धान पुरा गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले बुधवार जिल्ला अदालत काठमाडौँमा २६ करोड भन्दा बढी बिगो माग राखी मुद्दा दर्ता गरेको थियो ।

राज्य विरुद्धको अपराध, सङ्गठित अपराध, किर्ते, ठगीलगायतका आरोप दर्ज गराएर मुद्दा दर्ता गराएको पर्सिपल्ट अर्थात् आज शुक्रवारबाट अदालत बयान लिन लागिएको हो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1