एमालेले आजदेखि स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै

May 26, 2023 - 01:15
 0
एमालेले आजदेखि स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै
एमालेले आजदेखि स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै

काठमाडौं । नेकपा एमालेले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि प्रशिक्षण दिने भएको छ । पार्टीको केन्द्रीय स्कूल विभाग र स्थानीय विकास विभागको संयुक्त आयोजनामा ललितपुरकाे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको सभाहलमा हुने प्रशिक्षणकाे एमाले अध्यक्ष ओलीले उद्घाटन गर्नुहुनेछ । उद्घाटन लगत्तै अध्यक्ष ओलीले सम्बोधन र दिशानिर्देश गर्नुहुनेछ ।

भाेलिसम्म सञ्चालन हुने प्रशिक्षणमा अध्यक्ष ओलीसँगै पार्टीका नेता र  विभिन्न विषयविज्ञले प्रशिक्षण दिने कार्यक्रम छ । स्थानीय तहमा बजेट बनाउनुअघि पार्टीका तर्फबाट आवश्यक सल्लाह, सुझाव र निर्देशन दिन जनप्रतिनिधिहरुका लागि प्रशिक्षण कार्यक्रम आयाेजना गरिएकाे एमालेले जनाएकाे छ ।

प्रशिक्षणमा एमालेबाट स्थानीय तहमा निर्वाचित पालिका प्रमुख र उपप्रमुख गरी करिब ४ सय जनाको सहभागिता रहनेछ ।प्रशिक्षणको समापनमा महासचिव शंकर पोखरेलले समसामयिक राजनीतिक परिवेश र स्थानीय तहका जनप्रतिनिधिहरूबाट पार्टीको भूमिका विषयमा सम्बोधन गर्नुहुनेछ । 

जनप्रतिनिधिहरूलाई स्थानीय तहको ठाडो र तेर्सो अन्तर सम्बन्ध, समन्वय र साझेदारी तथा पार्टीको भूमिका विषयमा उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले प्रशिक्षित गर्नुहुनेछ ।

स्थानीय तहमा रोजगारी, श्रम र उत्पादनशीलता विषयमा स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र स्थानीय तह सञ्चालन सम्बन्धी निर्देशिका र अन्य कार्ययोजनाका विषयमा पोलिटव्युरो सदस्य देवेन्द्र दाहालले प्रशिक्षण दिनुहुनेछ ।  

स्थानीय तहको कार्यक्षेत्र, कार्यक्रमहरूको प्राथमिकीकरण र बजेट तर्जुमा विषयमा नेपाल सरकारका पूर्व सचिव शिशिरकुमार ढुंगाना, स्थानीय तहको स्रोत परिचालन, वैकल्पिक लगानी र विकास व्यवस्थापन विषयमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत सुशील ज्ञवाली र स्थानीय तहमा सुशासन, सेवा प्रवाह र जनशक्ति व्यवस्थापन विषयमा गाउँपालिका राष्ट्रिय महासंघ नेपालका पूर्व कार्यकारी निर्देशक विमल पोखरेलले प्रशिक्षण दिनुहुनेछ ।स्थानीय तहमा सूचना प्रविधिको प्रयोग र प्रचार प्रसार विषयमा अस्गर अली र उहाँको टिमको प्रस्तुति रहनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1