निष्क्रिय विधेयक प्रधानमन्त्रीको भारत भ्रमणको मुखमा प्रमाणीकरण गर्नु अस्वाभाविक : शंकर पोखरेल

Jun 1, 2023 - 03:48
 0
निष्क्रिय विधेयक प्रधानमन्त्रीको भारत भ्रमणको मुखमा प्रमाणीकरण गर्नु अस्वाभाविक : शंकर पोखरेल
निष्क्रिय विधेयक प्रधानमन्त्रीको भारत भ्रमणको मुखमा प्रमाणीकरण गर्नु अस्वाभाविक : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैवाहिक अङ्गीकृत नागरिकताको सन्दर्भमा भारत र नेपालको बिच समान व्यवस्था हुनुपर्ने बताउनुभएको छ ।   

अहिलेको प्रावधानले भारतमा विवाह भएको वर्षमा मात्र नेपाली महिलाले नागरिकता पाउने व्यवस्था गरेको पोखरेलले बताउनुभएको छ । नेपालमा भने भारतीय महिला विवाह गरेर आए लगत्तै नागरिकता दिने कानुन असमान र राष्ट्र विरोधी भएको पोखरेलको भनाइ छ । 

कतिपयले नेकपा एमालेले ल्याउन खोजेको अध्यादेश र यसमा के फरक छ भनेर भ्रम सिर्जना गर्न खोजेको पोखरेलले बताउनुभएको छ । एमाले भारत र नेपालमा समान प्रावधान हुनपर्छ भन्नेमा स्पष्ट रहेको उहाँको भनाइ छ । 

संविधानले प्रादेशिक पहिचान खुल्ने गरी नागरिकताको व्यवस्था हुनुपर्ने प्रबन्ध गरेको भए पनि राष्ट्रपतिले अहिले प्रमाणीकरण गरेको विधेयकमा त्यो समावेश नभएको उहाँले प्रष्ट पार्नुभएको छ । 

एमाले नेतृत्वको सरकारले अङ्गीकृतका सन्तानले बेहोरिरहेका नागरिकता समस्याको समाधान गर्न अध्यादेश मार्फत विधेयक ल्याएको  भए पनि प्रक्रियामा जोड दिएर सर्वोच्च अदालतले अध्यादेश खारेज गरेको पोखरेलले स्मरण गराउनुभएको छ । ‘त्यतिबेला नागरिकताको विषय संवेदनशील विषय भएको निष्कर्ष सहित संसदीय प्रक्रियामा विशेष जोड दिइएको थियो, तर अहिले संसदीय प्रक्रियालाई समेत पूर्णतः उपेक्षा गरिएको अवस्था हो’, सामाजिक सञ्जाल फेसबुकमा पोखरेलले लेख्नु भएको छ । 

प्रक्रियागत हिसाबले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक रूपमा अघि सारेका गम्भीर प्रश्नहरूमा छलफलमा प्रवेश नगरी त्रुटिपूर्ण र अपूर्ण विधेयक प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिकोमा पठाएकोमा त्यतिबेला भण्डारीले प्रमाणीकरण नगरी अस्वीकार गर्नुभएको उहाँले प्रष्ट पार्नुभएको छ । ‘यस्तो अवस्थामा प्रमाणीकरण नभई अस्वीकृत भएको र नयाँ जनादेश प्राप्त संसद्ले काम थालेको ६ महिना पुगिसकेको अवस्थामा संसदीय प्रक्रियामा प्रवेश नै नगराई पुरानै निष्क्रिय भएको विधेयकलाई ब्याक डोरबाट भारत भ्रमणको पूर्व सन्ध्यामा प्रमाणित गर्नु के स्वाभाविक विषय हो र ?’, पोखरेलले प्रश्न गर्नुभएको छ ।  

यस्तो विषयमा प्रश्न उठ्दा जानीजानी के हो असहमति भनेर प्रतिवाद गर्नु संसदीय सर्वोच्चता र नयाँ जनादेशको अवमूल्यन गर्नु भएको उहाँको निष्कर्ष छ । नजानेर र नबुझेर प्रश्न गर्नु स्वाभाविक मान्न सकिए पनि बुझिबुझी प्रश्न गर्नु, असहमतिलाई उपेक्षा गर्नु वा खिसीटिउरी गर्नु अत्यन्त हानिकारक प्रवृत्ति भएको उहाँले बताउनुभएको छ ।  

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1