नेकपा एमालेको सचिवालय बैठक भोलि बस्ने
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक भोलि बस्ने भएको छ ।गत वैशाख २८ गते देखि ३० गतेसम्म भएको केन्द्रीय कमिटी बैठकका निर्णयहरूलाई कार्यान्वयन गराउने रणनीति बनाउन सचिवालय बैठक बस्न लागेको पार्टीका केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारी जानकारी दिनुभयो । उहाँका अनुसार बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको छ ।
What's Your Reaction?






