भारतको बथनाहाबाट विराटनगर आउन तयार कार्गो रेल (तस्बिरहरू)

Jun 1, 2023 - 05:48
 0
भारतको बथनाहाबाट विराटनगर आउन तयार कार्गो रेल (तस्बिरहरू)
भारतको बथनाहाबाट विराटनगर आउन तयार कार्गो रेल (तस्बिरहरू)

काठमाडौँ । आज विराटनगरमा पहिलो पटक कार्गो रेल आउँदैछ। भारतको बथनाहाबाट कार्गो रेल पहिलोपटक विराटनगर आउन लागेको हो।भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र उनका समकक्षी नरेन्द्र मोदीले आज संयुक्त रूपमा उद्घाटन गरेपछि बथनाहाबाट कार्गो रेल विराटनगरका लागि प्रस्थान गर्नेछ।बथनाहामा अहिले उक्त रेल साजसजावटसहित तयारी अवस्थामा राखिएको छ। रेल विराटनगर भन्सारको कस्टम यार्डसम्म आउनेछ।

रेलको लिक परीक्षण सफल भएको चार वर्षपछि  विराटनगरमा रेल आउन लागेको हो।बथनाह - कटहरी  रेलमार्ग निर्माण गर्ने क्रममा कटहरी गाउँपालिका १ मा  जग्गाको मुआब्जा विवादका कारण काम रोकिएको छ।

बथनाहादेखि विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आइसिपी)सम्मको ७ दशमलव ६ किलोमिटर रेलमार्ग भने सञ्चालनका लागि योग्य छ।

बथनाहा रेल–वे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कष्टम यार्डसम्मको सात किलोमिटर दुरीमा पहिलो पटक २०७६ कार्तिकमा रेल–वे लिक परीक्षण गरिएको थियो ।

आजदेखि कस्टम यार्डसम्म आउने कार्गो रेल नियमित हुने अपेक्षा उद्योगीले गरेका छन्।कार्गो रेल आउने भएपछि  त्यहाँका उद्योगी व्यवसायी उत्साहित भएका छन्।

तस्विर सौजन्यः राजेश शर्मा।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1