प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता ​​​​​​सुरु (तस्बिरहरू)

Jun 1, 2023 - 05:20
 0
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता ​​​​​​सुरु (तस्बिरहरू)
प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच हैदरावाद हाउसमा भेटवार्ता ​​​​​​सुरु (तस्बिरहरू)

​​​​​​​काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता सुरु भएको छ ।हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच द्विपक्षीय भेटवार्ता सुरु भएको हो ।

भेटवार्ता लगत्तै प्रतिनिधिमण्डल स्तरीय वार्ता हुने छ । त्यस क्रममा दुई देशका आपसी हित, चासोका विविध विषयमा छलफल हुने र सहमतिमा पुग्ने कार्यसूची छ ।

ऊर्जा, ऊर्जा व्यापार, वाणिज्य, हवाई मार्गलगायत विषयमा महत्त्वपूर्ण छलफल हुने र आवश्यक सहमति गर्ने तयारी छ । यस्तै केही आयोजनाको उद्घाटन र शिलान्यासको कार्यक्रम छ । त्यसका लागि आवश्यक तयारी भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

द्विपक्षीय छलफल र भेटवार्ता लगत्तै हैदरावाद हाउसमै दुवै देशका प्रधानमन्त्रीले संयुक्त रूपमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री दाहालको सम्मानमा आजै भारतीय प्रधानमन्त्री मोदीले दिवा भोजको आयोजना गर्नुभएको छ ।

प्रधानमन्त्री स्तरीय छलफल र पत्रकार सम्मेलनपछि आजै प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । 

साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने कार्यक्रम छ ।

​​​​​​​

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1