नेपालले मलेसियालाई २७ रनले हरायाे, सिरिजमा २-१ को अग्रता

Jun 1, 2023 - 06:01
 0
नेपालले मलेसियालाई २७ रनले हरायाे, सिरिजमा २-१ को अग्रता
नेपालले मलेसियालाई २७ रनले हरायाे, सिरिजमा २-१ को अग्रता

काठमाडौं । मलेसिया विरुद्धकाे टी-२० अन्तर्राष्ट्रिय महिला सिरिजकाे तेस्राे खेलमा नेपाल विजयी भएकाे छ ।मलेसियाको बांगीमा बिहीबार भएकाे तेस्राे खेलमा नेपाली राष्ट्रिय महिला टाेलीले मलेसियालाई २७ रनले पराजित गर्दै सिरिजमा लगातार दाेस्राे जित निकालेकाे छ ।आजकाे जितसँगै नेपालले ५ खेलकाे २० टी-सिरिजमा २-१ काे अग्रता लिएकाे छ ।

नेपालले दिएकाे १ सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८३ रन मात्र बनाउन सक्यो ।  मलेसियाका लागि मिरा इस्मालीले ४४ र विनफेडले २० रन बनाइन् ।बलिङतर्फ नेपालीका सीता रानामगर, इन्दू बर्मा र कविता कुँवरले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्ताे पाएकाे नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १० रन बनाएकाे थियाे । नेपालका लागि कप्तान रुविना क्षेत्रीले २७, ज्योति पाण्डेले २३, सीता रानामगरले २१ र इन्दु बर्माले २० रन बनाए ।

मलेसियाका लागि निक नुरले २ तथा एइसा एलिसा र विनफ्रेड एनीले समान १-१ विकेट लिए ।पहिलो खेलमा मलेसियासँग ५ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई ७ विकेटले हराएकाे थियाे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1