राजेन्द्र लिङ्देनकाे प्रश्न : प्रधानमन्त्रीकाे भारत भ्रमणअघि कसलाई खुशी पार्न नागरिकता विधेयक प्रमाणीकरण गरियो ?

Jun 4, 2023 - 06:41
 0
राजेन्द्र लिङ्देनकाे प्रश्न : प्रधानमन्त्रीकाे भारत भ्रमणअघि कसलाई खुशी पार्न नागरिकता विधेयक प्रमाणीकरण गरियो ?
राजेन्द्र लिङ्देनकाे प्रश्न : प्रधानमन्त्रीकाे भारत भ्रमणअघि कसलाई खुशी पार्न नागरिकता विधेयक प्रमाणीकरण गरियो ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता एवं अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे व्यवहारप्रति आपत्ति जनाउनुभएकाे छ ।

आइतबार बसेकाे प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने क्रममा सभामुखले समय दिएपछि बाेल्दै अध्यक्ष लिङ्देनले नागरिकता विधेयक प्रमाणीकरणकाे घाेर भर्त्सना र निन्दा गर्नुभयाे ।

राष्ट्रपति रामचन्द्र पाैडेलले गलत विधिबाट नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम गरेकाे भन्दै उहाँले राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा हुन नसक्ने बताउनुभयाे । अध्यक्ष लिङ्देले भन्नुभयाे - 'राष्ट्रपति मन्त्रिपरिषद्काे कारिन्दा हाेइन, राष्ट्रपति कार्यालय मन्त्रिपरिषद्को आज्ञापालक हैन, राप्रपाले राष्ट्रपति संस्था संवैधानिक हिसावले पनि निष्पक्ष हुँदैन, हामीले यसलाई जतिसुकै निष्पक्ष भनेपनि यो अभिभावक हुन सक्दैन भनेका थियाैं आज त्यही भयाे ।'

यत्रो दिन नागरिकता विधेयकमा सरकारको चासो नदिएकाे तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण जानु केही घण्टाअघि कसको स्वार्थका र कसकाे खुशीका लागि प्रमाणीकरण गरियो भन्दै  उहाँले प्रश्न गर्नुभयाे ।

अध्यक्ष लिङ्देनले भन्नुभयाे - 'यत्राे दिन नागरिकता विधेयक किन प्रमाणीकरण गर्नुपरेन अथवा सरकारकाे चासाेकाे विषय भएन, अनि भारत भ्रमण गर्नुभन्दा १-२ घण्टा अगाडि मात्रै त्यसलाई किन प्रमाणीकरण गर्नुपर्‍याे ? कसकाे खुशी र कसकाे स्वार्थका लागि याे गरियाे ? जवाफ चाहियाे ।' नागरिकता विधेयकलाई चाँडाे भन्दा चाँडाे पक्रियामा ल्याउन र त्यसलाई सच्याउन समेत उहाँले सरकारसँग माग गर्नुभयाे । 

अदालतले दाेषी ठहर गरेकाे व्यक्तिलाई  सर्वोच्चबाट फैसलाको पूर्णपाठ नआउँदै आममाफी दिएर सरकारले गलत नजिर बसालेकाे भन्दै अध्यक्ष लिङ्देनले आपत्ति जनाउनुभयाे ।

अखण्ड भारतकाे नक्सामा राखिएकाे नेपालकाे भूमिकाे विषयमा प्रधानमन्त्री नबाेलेकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । त्यसकाे बारेमा के छलफल भयाे यी विषयमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ नदिएसम्म संसद् चल्न नसक्ने बताउनुभयाे ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1