न्यायालयलाई विप्लवको प्रश्न : जनयुद्ध नभए के हो ?
काठमाडौं । नेकपाका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ले सरकारी प्रयोगमा ‘जनयुद्ध’ शब्द रोक लगाउने अदालतको आदेशप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले भने, ”अस्ति मात्रै प्रधानन्यायाधीश, सपना प्रधान मल्ल न्यायाधीशले जनयुद्ध नभन्नू भनेर प्रतिबन्ध लगाएको फैसला गरेको कुरा पनि हामीले सुन्यौँ । जनयुद्ध नभएर के हो त यो ? अरू त ठीक छ, तर सपना मल्ललाई […]

काठमाडौं । नेकपाका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’ले सरकारी प्रयोगमा ‘जनयुद्ध’ शब्द रोक लगाउने अदालतको आदेशप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले भने, ”अस्ति मात्रै प्रधानन्यायाधीश, सपना प्रधान मल्ल न्यायाधीशले जनयुद्ध नभन्नू भनेर प्रतिबन्ध लगाएको फैसला गरेको कुरा पनि हामीले सुन्यौँ । जनयुद्ध नभएर के हो त यो ? अरू त ठीक छ, तर सपना मल्ललाई एउटा सोध्न मन लागेको छ । सपना मल्लको हात काप्यो कि कापेन ?”
चिनियाँ नेता माओ दिवसका अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ”न्यायालयले के लेख्न खोजेको हो ?”
देशको व्यवस्था परिवर्तनमा जनयुद्धले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ ।
उनले यससम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत प्रश्न सोध्दै भने, ”अब त मान्छेहरूलाई आश्चर्य लाग्न पनि लाग्दैन । संसद्देखि न्यायालयसम्म, ब्यूरोक्रेटदेखि आसेपासेसम्म एउटा बहस चलिरहेको छ, यो जनयुद्ध नभए के हो त ? ओलीजीलाई पनि सोध्नुपर्ने छ, के हो यो ?”
What's Your Reaction?






