राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा होइन, आज्ञापालक होइन : राजेन्द्रप्रसाद लिङ्देन

Jun 4, 2023 - 06:32
 0
राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा होइन, आज्ञापालक होइन : राजेन्द्रप्रसाद लिङ्देन
राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा होइन, आज्ञापालक होइन : राजेन्द्रप्रसाद लिङ्देन

काठमाडौं । प्रतिनिधि सभामा राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेता राजेन्द्र लिङ्देनले नागरिकता ऐन प्रमाणीकरणमा सरकार र राष्ट्रपतिले अवलम्बन गरेको प्रक्रिया प्रति आपत्ति जनाउनुभएको छ । 

आइतबार प्रतिनिधि सभा बैठकमा नागिरकता विधेयक प्रमाणीकरणामा  विरोध जनाउने क्रममा बाेल्दै लिङ्देनले नेपाली नागरिकलाई नागरिकता दिन विधेयक चाँडोभन्दा चाँडो संसदमा ल्याएर पास गर्न आग्रह गर्नुभयो । अहिले भएको त्रुटि सुधारेर संसद्बाट छलफल गरेर विधेयक पास गर्न उहाँले सुझाव दिनुभयो । ‘राष्ट्रपति मन्त्रिपरिषद्को कारिन्दा होइन, मन्त्रीपरिषद्को आज्ञापालक हाेइन’, लिङ्देनले भन्नुभयो । 

राष्ट्रपति संस्था सैद्धान्तिक रूपले निष्पक्ष र अभिभावक हुन सक्दैन भनेर राप्रपाले भनेको कुरा प्रमाणित भएको उहाँले बताउनुभयो । प्रधानमन्त्रीको भारत भ्रमणको एक दुई घण्टा अगाडि मात्र नागरिकता विधेयक कसको स्वार्थ र खुसीको लागि प्रमाणीकरण गरियो ? भन्दै उहाँले प्रश्न गर्नुभयो । 

राष्ट्रपति भन्ने संस्थालाई सत्ता र राजनीतिको लागि दुरुपयोग गरिएको भन्दै उहाँले आलोचना गर्नुभयो । नागरिकता विधेयक प्रमाणीकरण मात्र होइन रेशम चौधारीलाई आम माफी दिएको विषयमा भएको निर्णय पनि गलत भएको उहाँले बताउनुभयो । अदालतका ती वटै तहले दोषी ठहर गरेको व्यक्तिलाई अदालतको अन्तिम फैसला नआउँदै माफी दिने कुराले कस्तो सन्देश जान्छ ? भन्दै उहाँले प्रश्न गर्नुभयो । 

भारतको नयाँ संसद्मा नेपालको लुम्बिनी समावेश गरेको अखण्ड भारतको नक्सा राखेको विषयमा प्रधानमन्त्रीले के प्रश्न उठाउनुभयो ? भन्दै उहाँले प्रश्न गर्नुभयो । यी प्रश्नको जवाफ नआएसम्म संसद् अघि नबढ्ने उहाँले प्रष्ट पार्नुभयो । 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1