करिम बेन्जिमा साउदी क्लबमा अनुबन्धित

Jun 7, 2023 - 04:21
 0
करिम बेन्जिमा साउदी क्लबमा अनुबन्धित
करिम बेन्जिमा साउदी क्लबमा अनुबन्धित

काठमाडौं। स्पेनिस क्लब रियल मड्रिड छोडेका फरवार्ड करिम बेन्जिमा साउदी अरबको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् । ३५ वर्षीय बेन्जिमाले इतिहादसँग सन् २०२६ सम्म तीन वर्षको सम्झौता गरेका छन् ।

बेन्जिमाले १४ वर्षपछि रियल छाडेका थिए । बालोन डीओर विजेता बेन्जिमा सन् २००९ मा लियोनबाट रियल आएका थिए । बेन्जिमाले रियलबाट पाँच च्याम्पियन्स लिग र चार ला लिगा उपाधि जितेका छन् ।

यसैगरी, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) छोडेका फरवार्ड लियोनल मेसी पनि साउदी क्लबमा आवद्ध हुने चर्चा छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1