नयाँ कार्यविभाजनकाे मुख्य लक्ष्य आगामी चुनावमा एमालेलाई एकल बहुमत प्राप्त शक्ति बनाउनु हाे : महेश बस्नेत

Jun 8, 2023 - 12:34
 0
नयाँ कार्यविभाजनकाे मुख्य लक्ष्य आगामी चुनावमा एमालेलाई एकल बहुमत प्राप्त शक्ति बनाउनु हाे : महेश बस्नेत
नयाँ कार्यविभाजनकाे मुख्य लक्ष्य आगामी चुनावमा एमालेलाई एकल बहुमत प्राप्त शक्ति बनाउनु हाे : महेश बस्नेत

काठमाडाैं । नेकपा एमालेका पाेलिटब्युराे सदस्य महेश बस्नेतले पार्टीलाई बलियाे राष्ट्रिय शक्ति बनाइने बताउनुभएकाे छ ।बिहीबार एमाले युवा फाँट प्रमुखकाे भूमिका औपचारिक रुपमा पुन: सम्हाल्दै नेता बस्नेतले आगामी चुनावमा एमालेलाई एकल बहुमत प्राप्त शक्ति बनाउने उद्देश्यले पार्टीमा कार्यविभाजन भएकाे बताउनुभयाे । 'अहिलेकाे याे कार्यविभाजनले आउँदाे निर्वाचनमा हाम्राे पार्टीलाई बहुमत दिलाउने कुरामा अगाडि बढाउने यसकाे मुख्य लक्ष्य हाे'- उहाँले भन्नुभयाे ।

बलियो राष्ट्रिय शक्तिको निर्माणबाट मात्रै राजनीतिक स्थायित्व प्राप्त गर्न सकिने भन्दै नेता बस्नेतले त्यस्ताे शक्ति एमालेले मात्रै निर्माण गर्न सक्ने  बताउनुभयाे ।

पार्टीमा भएकाे कार्यविभाजनका सकारात्मक पक्ष धेरै रहेका बताउँदै उहाँले भन्नुभयाे - 'पार्टीले आफ्नाे कमिटीका सबै सदस्यकाे जिम्मेवारी फेरबदल गरेकाे छ, हामीभित्र रहेका संगठनात्मक अराजकता र दक्षिणपन्थी प्रवृतिलाई अन्त्य गर्ने कुरा कार्यविभाजनमा पार्टीले ध्यान दिएकाे छ, सम्बन्धित साथीहरुकाे स्वार्थ नबाझिनेगरी कार्यविभाजन भएकाे छ, सबै कमिटीकाे सहइञ्चार्जकाे जिम्मेवारी हटेकाे छ ।

समृद्ध नेपाल सुखी नेपालीकाे परिकल्पना एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएकाे भन्दै उहाँले एमालेकाे गन्तव्य पनि यही रहेकाे बताउनुभयाे एमालेले सरकार छाडेपछि याे विषय अरु कुनै सरकारकाे विषय नबनेकाे र सरकारका कुनै कार्यक्रममा नपरेकाे नेता बस्नेतले बताउनुभयाे ।

एमाले विरुद्धकाे घेराबन्दी विगतका चुनावमा पूरै ताेड्न नसकिएकाे भन्दै उहाँले आजकाे चुनाैतीलाई सामना गर्नका लागि पार्टीले स्पष्ट दिशानिर्देश गरेकाे बताउनुभयाे । समृद्ध नेपाल सुखी नेपालीकाे अभियान पूरा गर्ने संकल्प एउटा बलियाे पार्टीले गर्न सक्ने र त्यसकाे नेतृत्व क्षमतावान नेताले गर्न सक्ने एमालेकाे निष्कर्ष रहेकाे नेता बस्नेतले बताउनुभयाे । 'एमाले मात्रै यस्ताे शक्ति हाे जसले आफूलाई राष्ट्रिय शक्तिमा विकास गर्न सक्छ, जसले आउँदाे निर्वाचनमा बहुमत ल्याउने पार्टीकाे रुपमा स्थापित गर्न सक्छ, यसले बाेकेकाे नीति, सिद्धान्त, विचार र कार्यक्रम, यसले उत्पादन गरेका नेताहरुकाे पंक्ति तुलनात्मक रुपमा अन्य नेताकाे तुलनामा क्षमतावान, याेग्य र स्वच्छ छन्'- उहाँले भन्नुभयाे ।

एमालेका आम कार्यकर्ता पंक्तिमा राष्ट्रियताकाे भावना मजबुत रहेकाे र देशभक्तिकाे भावना रहेकाे बताउँदै नेता बस्नेतले भन्नुभयाे - 'अहिलेकाे याे कार्यविभाजनले आउँदाे निर्वाचनमा हाम्राे पार्टीलाई बहुमत दिलाउने कुरामा अगाडि बढाउने यसकाे मुख्य लक्ष्य हाे ।' यसका लागि युवा संघले पार्टीले दिएकाे जिम्मेवारी द‍ृढतासाथ पूरा गर्नुपर्ने बताउनुभयाे । युवा संघले युवाहरुलाई पार्टीकाे सदस्यता दिने कुरालाई प्राथमिकता दिँदै असारसम्म कम्तिमा १ लाख युवालाई सदस्यलाई सदस्यता दिनेगरी अगाडि बढ्न युवा संघलाई निर्देशन दिनुभयाे ।

आफू युवा फाँट प्रमुखकाे भूमिकामा बस्न नचाहेपनि पार्टीले पुन साेही जिम्मेवारी दिएकाे बताउनुभयाे । युवा संघकाे प्रतिराेधी क्षमता अझ बढाउन आवश्यक रहेकाे उहाँले बताउनुभयाे । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1