भारतलाई टक्कर दिँदै मेयर बालेनले राखे ‘ग्रेटर नेपाल’ को नक्सा

Jun 8, 2023 - 12:54
 0
भारतलाई टक्कर दिँदै मेयर बालेनले राखे ‘ग्रेटर नेपाल’ को नक्सा
भारतलाई टक्कर दिँदै मेयर बालेनले राखे ‘ग्रेटर नेपाल’ को नक्सा

काठमाडौं । भारतले नयाँ संसद भवनमा ‘अखण्ड भारत’ को नक्सा राखेपछि अहिले नेपालमा चर्को विरोध भइरहेको छ ।भारतले राखेको अखण्ड भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि समेटिएको छ ।

भारतले नेपालको भू-भागसमेत समेटरे नक्सा राखेपछि कि त भारतले माफी माग्दै नक्सा हटाउनुपर्ने कि नेपालले पनि ग्रेटर नेपालको नक्सा राख्नुपर्ने आवाज उठिरहेको छ ।

यसैबीच, काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले भारतलाई टक्कर दिँदै ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् । बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन् ।

तीन दिनअघि बालेनको कार्यकक्षमा नक्सा राखिएको उनको सचिवालयले जानकारी दिएको छ । बालेन हाल श्रीमतीको उपचारका लागि भारतमा छन् ।

उनी भारतमै रहेकाबेला उनकै निर्देशनमा ‘ग्रेटर नेपाल ‘को नक्सा राखिएको हो । ग्रेटर नेपालको नक्सामा पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म समेटिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1