नतिजाभन्दा प्रदर्शनमा केन्द्रित नेपाली टोली

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले प्रतिभाशाली खेलाडीमाथि विश्वास भएको बताएका छन् । सिङ्गापुरसँग मैत्रीपूर्ण खेल र एसियन कप छनोट खेल्न जान लागेका राष्ट्रिय फुटबल टोलीको बिदाइ कार्यक्रममा उनले यस्तो बताएका हुन् । “खेलाडीको एटिट्युड, कमिटमेन्ट र प्रोफेशनालिज्म उत्कृष्ट छ । कुनै अनुशासनको समस्या नभई तालिममा सबैले मेहनत गरे । नेपालमा प्रतिभाशाली […]

Mar 18, 2025 - 09:29
 0
नतिजाभन्दा प्रदर्शनमा केन्द्रित नेपाली टोली

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले प्रतिभाशाली खेलाडीमाथि विश्वास भएको बताएका छन् ।

सिङ्गापुरसँग मैत्रीपूर्ण खेल र एसियन कप छनोट खेल्न जान लागेका राष्ट्रिय फुटबल टोलीको बिदाइ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“खेलाडीको एटिट्युड, कमिटमेन्ट र प्रोफेशनालिज्म उत्कृष्ट छ । कुनै अनुशासनको समस्या नभई तालिममा सबैले मेहनत गरे । नेपालमा प्रतिभाशाली खेलाडी भएकोमा कुनै शङ्का छैन,” मुख्य प्रशिक्षक रसले भने ।

सिङ्गापुर र मलेसियाविरुद्ध शक्तिशाली, आक्रामक र सकारात्मक खेल प्रदर्शन गर्ने उनी बताउँछन् । १३ खेलाडीसँग सहकार्य गरेपश्चात नेपालमा अत्याधिक प्रतिभा भएकोमा आफू पूर्णरुपमा विश्वस्त भएको रसले बताए ।

२३ खेलाडी मात्र छनोट भएपनि अन्य खेलाडीहरु पनि टेक्निकली सक्षम भएको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय खेलले निम्त्याउने दबाबबारे उनले भने, “केही दबाब छ । अन्तर्राष्ट्रिय फुटबलमा नतिजा हेरिन्छ । दबाब भएपनि मैले त्यो महसुस गरेको छैन । उत्साहित छु ।”

खेलको नतिजा आकलन गर्न गाह्रो हुने भएपनि टोलीले फ्रन्ट फूटमा खेल्न उनले बताए । “हामी फ्रन्ट फूटमा हुन्छौँ । स्टेप ब्याक गर्दैनौँ । प्रतिद्धन्दीको उच्च वरीयता रहेको मनसायले खेल्दैनौँ । बललाई नियन्त्रणमा राख्न प्रयास गर्नेछौँ। नतिजालाई भन्दा पनि प्रदर्शनलाई प्राथमिकतामा राखेका छौँ ।” रसले भने ।

मिडफिल्डर लकेन लिम्बुले टोलीका लागि मिडफिल्डको उच्च गुणस्तरको प्रदर्शन गर्ने रसले बताए । सकारात्मक रुपमा खेल्न र आक्रामक शैलीमा जोड दिने उनी बताउँछन् । सिङ्गापुरविरुद्धको मैत्रीपूर्ण खेल भएपनि नतिजालाई ध्यान दिएर आफुले खेलमा केही प्रयोग गर्न सक्ने पनि उनले बताए ।

यस्तै, छोटो समयमा नै टोलीले प्रशिक्षको शैली बुझ्न सफल भएको कप्तान किरण चेम्जोङ बताउँछन् । दुवै खेललाई साफको तयारीको रुपमा लिइने पनि उनले बताए । यस्तै, साफ अगाडि लाओससँग खेल खेल्ने पनि उनले जानकारी दिए ।

एएफसी एसियन कप छनोट २०२७ अन्तर्गतको मलेसियाविरुद्धको खेलमा नेपालमा हुनुपर्ने भएपनि रङ्गशालाको गुणस्तर नपुग्दा खेल मलेसियामा हुन लागेको हो । एफसीको निरिक्षण टोलीले सेफ्टिको विषयमा असन्तुष्टि देखाएको थियो ।

गृह मैदानमा खेल्न नपाउँदा दुःख लाग्ने र समर्थकको अभाव महसुस हुने चेम्जोङ बताउँछन् । “दर्शक हाम्रो ट्वेल्थ म्यान हुन् । ठूलो टिमसँग खेल्दा टोलीले थप उर्जा पाउने गर्छन् । हामीले त्यो मिस गर्नेछौँ,” उनले भने । अर्को अन्तर्राष्ट्रिय खेल भने नेपालमै खेल्न पाउने आशा रहेको  उनले बताए ।

नतिजाको अनुमान गर्दै चेम्जोङले भने, “अहिले नै यस्तो गर्छुभन्दा पनि हामी तयार छौँ । मलेसिया हामीभन्दा बलियो टोली भएपनि अनुभवको आधारमा निकै अनुभवी टोली पनि होइन । हामी हाम्रो बेस्ट दिनेछौँ ।”

नेपालले चैत ८ मार्च २१ गते सिङ्गापुरसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि चैत १२ मार्च २५ गते एएफसी एसियन कप छनोट २०२७ मा मलेसियासँगको छनोट खेल खेल्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register