राप्रपा नेपालले आज विरोध प्रदर्शन गर्ने

Jun 9, 2023 - 01:07
 0
राप्रपा नेपालले आज विरोध प्रदर्शन गर्ने
राप्रपा नेपालले आज विरोध प्रदर्शन गर्ने

काठमाडौँ । राप्रपा नेपालका जनवर्गीय  सङ्गठनहरूले संयुक्त रूपमा भ्रष्टाचार, कुशासनसँगै नागरिकता विधेयक र सङ्घीयताको खारेजी र हिन्द राष्ट्रको माग राखी आज काठमाडौँमा विरोध प्रदर्शन गर्ने भएको छ ।

दिउँसो २ः०० बजे बबरमहलमा जम्मा भई जुलुस प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत हुने कार्यक्रम तय भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिनुभयो । आजको सभालाई पार्टी अध्यक्ष कमल थापाले सम्बोधन गर्ने  समेत उहाँले बताउनुभयो । नेपाली भूमि सट्टापट्टा नीतिको राप्रपा नेपालले चर्को आलोचना गरेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.