बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुले वर्षा

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त वायुको प्रभाव रहेको जल तथ मौसम विज्ञान महाशाखाले जनाएको छ । हाल गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा पनि वर्षा भएको छ । आइतबार दिउँसो, […]

May 4, 2025 - 02:34
 0
बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुले वर्षा

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त वायुको प्रभाव रहेको जल तथ मौसम विज्ञान महाशाखाले जनाएको छ ।

हाल गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा पनि वर्षा भएको छ ।

आइतबार दिउँसो, देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङ्ग् र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । देशका हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

आइतबार राति, देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको हिमाली भू–भागका एक–दुई स्थानमा स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register