निर्वाचन आयोग र राजनीतिक दलबीच आज छलफल हुँदै

Jun 9, 2023 - 00:58
 0
निर्वाचन आयोग र राजनीतिक दलबीच आज छलफल हुँदै
निर्वाचन आयोग र राजनीतिक दलबीच आज छलफल हुँदै

काठमाडौँ । निर्वाचन आयोग र राजनीतिक दलबीच आज छलफल हुँदै छ ।अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरेपछिको अवस्थाका बारेमा जानकारी गराउन निर्वाचन आयोगले राजनीतिक दलका नेताहरूलाई छलफलमा बोलाएको हो । 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज बिहान साढे ११ः०० बजे बैठक बस्ने गरी राजनीतिक दलहरूलाई बोलाइएको छ । उहाँका अनुसार सो क्रममा जिल्ला निर्वाचन कार्यालय खारेजीसँग विभिन्न विषयमा छलफल हुनेछ ।  

आज निर्वाचन कानुनको विधेयक, स्थानीय तहसँगको सहकार्यमा मतदाता नामावली सङ्कलन गर्ने, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली सङ्कलन र राजनीतिक दलका लेखा परीक्षणको सम्बन्धलगायतमा छलफल हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.