मन्थली–२ मा नागरिकसँग जनप्रतिनिधि, नागरिकको गुनासो सुन्दै

Jun 9, 2023 - 04:16
 0
मन्थली–२ मा नागरिकसँग जनप्रतिनिधि, नागरिकको गुनासो सुन्दै
मन्थली–२ मा नागरिकसँग जनप्रतिनिधि, नागरिकको गुनासो सुन्दै

काठमाडौँ  । रामेछापको मन्थली नगरपालिका–२ ले नागरिकसँग जनप्रतिनिधिले समस्या र गुनासो सुन्ने अभियान सञ्चालन गरेको छ । वडाध्यक्ष सुरेन्द्र कार्कीको नेतृत्वमा वडाका निर्वाचित जनप्रतिनिधिहरू बस्ती बस्तीमा गएर नागरिकको सल्लाह, सुझाव र गुनासो संकलन गर्न लाग्नुभएको छ । वडाध्यक्षसँगै वडा सदस्यहरू पनि नागरिकका बिचमा पुग्नुहुन्छ र उहाँहरूको गुनासो सुन्नुहुन्छ । 

नागरिकका गुनासो सुनिसकेपछि जनप्रतिनिधिले आफ्ना कुरा पनि राख्नु हुन्छ । जनप्रतिनिधिहरू बोल्ने भन्दा सुन्ने धेरै गर्नुहुन्छ । नागरिकलाई अस्पष्ट भएका कुरा प्रष्ट पार्नुहुन्छ । उहाँहरूले सोधेका प्रश्नको सकेसम्म जवाफ दिनुहुन्छ । उहाँहरूले दिनुभएका सुझाव र गुनासो टिपोट गर्नुहुन्छ । 

नागरिकका सल्लाह, सुझाव र गुनासो सुन्न सम्भव भएसम्म वडाको निर्वाचित टिम नै सबै वडामा पुग्ने योजना रहेको वडाध्यक्ष कार्कीले बताउनुभयो । 

यसरी नागरिकको बिचमा जाँदा बस्ती स्तरमा वडा कार्यालय, नगरपालिका लगायतका सेवा प्रदायक निकायले गरेका काम, त्यसमा नागरिकको सन्तुष्टि, असन्तुष्टि वा प्रतिक्रिया बुझिने र आगामी कार्यक्रमको लागि योजना बनाउन मार्ग प्रशस्त हुने वडाध्यक्ष कार्कीले बताउनुभयो । ‘जनप्रतिनिधि भएर जनताका कुरा सुन्दै आफ्ना कुरा पनि राख्न पाउँदाको मज्जा नै अर्कै हुन्छ’, कार्कीले भन्नुभयो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1