नागढुंगामा माइक्रो दुर्घटना, १९ जना घाइते

काठमाडौँबाट चितवन जाँदै गरेको माइक्रोबस नागढुंगामा दुर्घटना भएको छ। काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा ३ ख ८६२९ नम्बरको माइक्रो बस चन्द्रागिरी नगरपालिका–२ नागढुंगा नजिकै शनिबार दिउँसो दुर्घटना भएको हो। दुर्घटनामा १९ जना घाइते भएका छन्। दुर्घटनामा परी घाइते भएका सबै यात्रुलाई नेपाल एपीएफ अस्पताल बलम्बु पठाइएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए। […]

Jun 14, 2025 - 13:43
 0
नागढुंगामा माइक्रो दुर्घटना, १९ जना घाइते

काठमाडौँबाट चितवन जाँदै गरेको माइक्रोबस नागढुंगामा दुर्घटना भएको छ। काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा ३ ख ८६२९ नम्बरको माइक्रो बस चन्द्रागिरी नगरपालिका–२ नागढुंगा नजिकै शनिबार दिउँसो दुर्घटना भएको हो। दुर्घटनामा १९ जना घाइते भएका छन्।

दुर्घटनामा परी घाइते भएका सबै यात्रुलाई नेपाल एपीएफ अस्पताल बलम्बु पठाइएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए। थापाका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ।

उक्त बसमा चालक तथा सहचालकसहित २० जना सवार रहेका थिए।

घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं.१८ निलबराही गण काठमाडौँबाट सशस्त्र प्रहरी निरीक्षक बिर्खबहादुर शाहीको कमाण्डमा खटिएको टोलीले घाइतेहरूको उद्धार गरेको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register