उपत्यका बाहिर चल्ने लामो, मध्यम तथा छोटो दुरीका सवारी साधन आजबाट नयाँ बसपार्कबाट मात्रै छुट्ने

Jun 16, 2023 - 01:22
 0
उपत्यका बाहिर चल्ने लामो, मध्यम तथा छोटो दुरीका सवारी साधन आजबाट नयाँ बसपार्कबाट मात्रै छुट्ने
उपत्यका बाहिर चल्ने लामो, मध्यम तथा छोटो दुरीका सवारी साधन आजबाट नयाँ बसपार्कबाट मात्रै छुट्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाबाट बाहिर जाने सवारी साधन आजबाट नयाँ बसपार्कबाट मात्रै छुट्ने भएका छन् । काठमाडौँ महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने यात्रुवाहक सवारी साधन नयाँ बसपार्क गोंङगबुबाट मात्रै छुट्नुपर्ने व्यवस्था कार्यान्वयन गर्ने निर्णय भएको भन्दै महानगरपालिकाले निर्देशन दिएअनुसार आजबाट लागु हुन लागेको हो ।

‘निर्णय कार्यान्वयन गर्दै अवस्थामा सुधार ल्याउन २०८० असार १ गतेदेखि नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँ बसपार्कबाट मात्र यात्रुवाहक सवारी साधन सञ्चालन गर्न सूचित गरिन्छ, महानगरले भनेको छ, ‘धुलिखेल, बनेपा, साँखुसम्मको सडक इजाजत पत्र लिएका लामो दुरीका सवारी साधनको हकमा कलङ्कीदेखि जडीबुटीसम्म सवारी साधन रोक्न निषेध गरिएको छ ।’ 

महानगरद्वारा जारी सूचनाअनुसार सो निर्देशन अनुसार बसपार्कबाट मात्रै सवारी नछुटाएमा कारबाहीसमेत गर्ने जनाएको छ । ‘सूचनाको बर्खिलाप गर्ने जो कोहीलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कानुनी कारबाही हुने ब्यहोरा जानकारीका लागि अनुरोध छ ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1