प्रतिनिधिसभाको आजको बैठकमा उद्योग, भूमि र भौतिक मन्त्रालयको बजेटमाथि छलफल हुने

Jun 16, 2023 - 01:28
 0
प्रतिनिधिसभाको आजको बैठकमा उद्योग, भूमि र भौतिक मन्त्रालयको बजेटमाथि छलफल हुने
प्रतिनिधिसभाको आजको बैठकमा उद्योग, भूमि र भौतिक मन्त्रालयको बजेटमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवनमा बिहान ११ः०० बजे बस्ने बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल हुनेछ । 

सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि छुटाईएको बजेटमा छलफल हुनेछ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको छलफल गरिएको थियो, जुन सकिएको छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1