विश्वकप छनोटः नेपालले आज अमेरिकासँग खेल्दै

Jun 20, 2023 - 05:38
 0
विश्वकप छनोटः नेपालले आज अमेरिकासँग खेल्दै
विश्वकप छनोटः नेपालले आज अमेरिकासँग खेल्दै

काठमाडौँ । जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट–२०२३ अन्तर्गत नेपालले आज मंगलबार अमेरिकासँग खेल्दैछ । खेल नेपाली समयानुसार दिउँसो पौने १ बजे सुरु हुनेछ । यसअघि गत आइतबार भएको खेलमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित भएको थियो भने अमेरिका वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो । त्यसैले दुबै टोली आजको खेलमा जित निकाल्दै खाता खोल्न चाहन्छन् ।

नेपालका प्रमुख तीव्र गतिका बलर सोमपाल कामीले आजको खेल खेल्ने सम्भावना छैन । आइतबार जिम्बावेसँगको खेलको क्रममा घाइते भएका सोमपाल आजको खेलमा फिट नभएको बताइएको छ ।

एकदिवसीय विश्वकप छनोटमा नेपालसहित विश्वका १० राष्ट्रको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह ‘ए’ मा परेको छ ।

नेपालको समूहमा जिम्बावे, वेस्टइन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् । त्यस्तै, समूह ‘बी’ मा श्रीलङ्का, आयरल्यान्ड, ओमान, संयुक्त अरब इमिरेट्स (युएई) र स्कटल्यान्ड छन् ।

सहभागी दुई समूहको लिग खेलपछि सुपर सिक्स हुनेछ । सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टोलीले स्थान बनाउनेछन् ।सुपर सिक्सबाट शीर्ष दुई स्थानभित्र रहने टोलीले फाइनल खेल्दै आगामी अक्टोबर–नोभेम्बरमा भारतमा आयोजना हुने आइसिसी एकदिवसीय विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.