अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा  जोनिसा पौडेलको प्रस्तुतीमा राग जोग  ।

Sep 1, 2024 - 03:57
 0
अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा  जोनिसा पौडेलको प्रस्तुतीमा राग जोग  ।


भाद्र १६ , काठमाडौं । अच्युतराम भण्डारी संगीत प्रतिष्ठानमा  हरेक नेपाली महिनाको १५ गते हुने कार्यक्रम अन्तर्गत  २६ औं श्रृंखलामा जोनिसा पौडेलले राग  जोगमा आधारित शास्त्रीय गायन प्रस्तुत गर्नु भएको छ ।  उहाँलाई सो गायनमा हारमोनियममा कुन्दन पाठक, तबलामा मिलेश तन्डुकार र तानपुरामा उहाँकै विद्यार्थी सलिना बिकले साथ  गर्नु भएको थियो । 
सो प्रस्तुतीमा कलाकार पौडेलले उहाँकै श्रीमान कुन्दन पाठकले रचना गर्नु भएको शिव भक्ति बन्दीस झपताल बिलम्बितमा र मध्यलय तिनतालमा प्रस्तुत गर्नु भएको थियो । यसैगरी कलाकार पौडेलले अन्त्यमा तराना र ठुमरी पनि प्रस्तुत गर्नु भएको थियो । 
कार्यक्रमका प्रमुख अतिथी पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवास चन्द्र जोशीले कलाकारहरुलाई प्रतिष्ठानको तर्फबाट सम्मान गर्नु भएको थियो । 


कार्यक्रममा बौल्दै प्रमुख अतिथी जोशीलै शास्त्रीय संगीतका संगीत साधकहरु  देशकै खजाना भएकाले राज्यले उहाँहरुलाई सरक्षण गर्नु पर्ने बताउँदै पशुपति क्षेत्र विकास कोषले गर्न नसकेको काम अच्युतराम भण्डारी प्रतिष्ठानले गरेकोमा प्रतिष्ठानको काम सराहनीय रहेको बताउनु भयो । 


कार्यक्रमको शुरुमा प्रतिष्ठानकै विद्याथी तथा तबला बादक मौसम थपलियाले तीन तालमा तबला सोलो बादनको प्रस्तुती गर्नु भएको थियो । 
राग जोगबारे भन्नु पर्दा यो राग काफी थाटबाट उत्पन्न भएको राग हो । यो रागमा  ऋषभ र धैवत बज्र्य हुन्छ भने यसको आरोहमा शुद्ध गान्धार र  अवरोहमा कोमल गान्धारको प्रयोग हुन्छ । यसमा दुवै गान्धारको प्रयोग हुन्छ भने यसको जाति औडव हो ।  


शास्त्रीय संगीतलाई जीवन्त  राख्न अनवरत सक्रिय यस प्रतिष्ठानले आफनै पहलमा हरेक नेपाली महिनाको १५ गते गौरीघाटस्थित प्रतिष्ठानको आफनै भवनमा  विगत २६   महिना देखि अनवरत रुपमा शास्त्रीय गायन, ताल बादन  र सुर बादनमा विभिन्न कलाकारहरुबाट शास्त्रीय संगीतको कार्यक्रमको आयोजना गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register