चितवन राष्ट्रिय निकुञ्ज आसपास जलपंछी गणना सुरु

नवलपरासी।  हरेक वर्षकाे जनवरी महिना लागेसंगै गरिने जलपंक्षी गणना चितवन राष्ट्रिय निकुञ्ज आसपासकाे क्षेत्रमा साेमबार देखि सुरु गरिएकाे छ । निकुञ्ज पूर्वी क्षेत्र चितवन तर्फ एकै दिन तिन वटा समूहले जलपंछी गणना कार्य सुरु गरेको संयाेजक बासु बिडारीले बताए । पूर्वी क्षेत्र पुगेकाे टोलीले राप्ती खाेला वरपर लाेथर देखि पश्चिम जिन्दगानीघाट सम्म जलपंछी गणना गरेको […]

Jan 6, 2025 - 11:46
 0
चितवन राष्ट्रिय निकुञ्ज आसपास जलपंछी गणना सुरु

नवलपरासी। 

हरेक वर्षकाे जनवरी महिना लागेसंगै गरिने जलपंक्षी गणना चितवन राष्ट्रिय निकुञ्ज आसपासकाे क्षेत्रमा साेमबार देखि सुरु गरिएकाे छ । निकुञ्ज पूर्वी क्षेत्र चितवन तर्फ एकै दिन तिन वटा समूहले जलपंछी गणना कार्य सुरु गरेको संयाेजक बासु बिडारीले बताए ।

पूर्वी क्षेत्र पुगेकाे टोलीले राप्ती खाेला वरपर लाेथर देखि पश्चिम जिन्दगानीघाट सम्म जलपंछी गणना गरेको हो ।

त्यसैगरी  अर्काे टोलीले जिन्दगानीघाटदेखि पर्यटकीय नगरी साैराहासम्म र साैराहादेखि कसरासम्म फरक टोलीले चरा गणना गरेको बिडारीले जानकारी दिएका छन् ।

चरा गणनाका क्रममा रैथाने तथा आगन्तुक चराकाे वर्तमानकाे उपस्थिति थाहा पाउन निकुञ्ज आसपास र रापतीमा मिसिने साना तिना खाेला,ताल,सिमसार सबै तिर नियालेर हेर्ने गरिएकाे बताइन्छ ।

टोलीले डुङ्गा तथा पैदलका माध्यमले निकुञ्ज आसपास र अन्यत्र गरी बीस हजारी,कुमाल ताल,चेपाङ ताल,बटुके ताल,लामिताल,तमर ताल, पटना ताल र ढुंग्रे खाेला क्षेत्रमा पनि पंछी गणनाकाे याेजना बनाएकाे छ ।

पंछी गणनाका क्रममा यस पटक चखेवाकाे संख्यामा बढाेत्तरी देखिएकाे नेपाल पंक्षीविद संघका बाग्मती प्रदेश अध्यक्ष समेत रहेका बिडारीले बताए ।

यस्तै निकुञ्जकाे पश्चिम सेक्टर अन्तर नारायणी नदी र त्यस वरपर पनि जलपंक्षी गणनाकाे तयारी भई रहेको बताइएको छ । नारायणी नदीको सिख्राेली देखि तल दक्षिणी तथा उत्तरी मुख्य भङ्गालाे र अमलटारी पश्चिम त्रिवेणी सम्म एकै पटक जलपंक्षीकाे गणना गरिने संयाेजक डिबी चौधरीले बताए ।

नारायणी नदीमा पानीको बहाव बदलिदा निकुञ्ज उत्तरकाे मुख्य तथा कतिपय भंगाला हिउदयाममा पानी सुक्ने क्रम बढेकाे स्थानीयहरू बताउँछन् ।

नदीको भङ्गालाेमै पानीको प्रवाह घटेका कारण निकुञ्जका वन्यजन्तु,माछा गोही तथा जलपंछी समेत प्रभावित भएकाे बताइन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register