काभा महिला भलिबल च्यालेञ्ज कपमा नेपालले आज बंगलादेशसँग खेल्दै
काठमाडाैं । एनएससी काभा महिला भलिबल च्यालेञ्ज कपकाे आफ्नो दोस्रो खेलमा नेपालले मंगलबार बंगलादेशसँग खेल्दैछ ।
नेपाल र बंगलादेशबीचकाे खेल राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा दिउँसो ३ बजे सुरु हुनेछ ।
साेमबार भएकाे आफ्नाे पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ३-० को सोझो सेटमा हराउँदै प्रतियाेगितामा विजयी सुरुआत गरेकाे थियाे । नेपालले बुधबार भारतसँग खेल्नेछ ।
प्रतियोगिता अन्तर्गत आज नै अर्काे खेलमा भारत र किर्गिस्तान भिड्दैछन् । उज्वेकस्तान र माल्दिभ्स तथा श्रीलंका र कजाकस्तानबीच पनि आजै प्रतिष्पर्धा हुँदैछ ।
नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, बंगलादेश, माल्दिभ्स, किर्गिस्तान, उज्वेकस्तान र कजाकस्तान गरी ८ टोलीको सहभागिता छ ।
समूह 'ए' मा घरेलु टोली नेपालसहित भारत, बंगलादेश र किर्गिस्तान छन् । समूह 'बी' मा श्रीलंका, माल्दिभ्स,उज्वेकिस्तान र कजाकस्तान छन् ।
What's Your Reaction?






