नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान

May 31, 2023 - 02:16
 0
नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान
नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली दक्षिण अफ्रिका प्रस्थान गरेको छ । अभ्यास खेलका लागि नेपाली टाेली मंगलबार राति दक्षिण अफ्रिका प्रस्थान गरेकाे हाे । मुख्य प्रशिक्षक मोन्टी देशाइ र खेलाडी सन्दीप लामिछानेबिनै नेपाली टाेली दक्षिण अफ्रिका गएकाे हाे ।

जिम्बाबेमा हुने आईसीसी एकदिवसीय विश्वकप छनोटअघि नेपालले दक्षिण अफ्रिका भ्रमण गरेकाे हाे । नेपालले दक्षिण अफ्रिकामा नेदरल्याण्ड्स र स्कटल्याण्ड्सँग चार वटा अभ्यास खेल खेल्नेछ ।त्यसपछि नेपाली टोली त्यहाँबाट जेठ २८ गते जिम्बाबे जानेछ । 

नेपालले गत चैतमा घरेलु मैदानमा भएको आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको खेलमा तेस्रो स्थानमा रहँदै विश्वकप छनोटमा ठाउँ बनाएकाे थियाे । यही वैशाखमा घरेलु मैदानमै भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल एसिया कपमा समेत छनोट भइसकेकाे छ ।

विश्वकप छनोटका खेल जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुने छन् । छनोटमा आयोजक जिम्बावे, नेपाल, आयरल्याण्ड, नेदरल्याण्ड्स, ओमान, स्कटल्याण्ड, युनाइटेड अरब इमिरेट्स (युएई), अमेरिका र वेस्ट इण्डिज गरी १० टोलीले प्रतिष्पर्धा गर्नेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1