रुसको आक्रमक कारबाही सुस्त बन्दैछ : युक्रेन

किभ- किभले पछिल्लो २४ घण्टामा शत्रुले आफ्नो आक्रामक कारवाहीको गतिलाई सुस्त बनाएको दाबी गरेको छ । रुसी सेनामाथि सशक्त प्रतिकार गरेको बताइरहेका बेला युक्रेनको पछिल्लो भनाई आएको हो ।

Mar 9, 2022 - 01:11
 0
रुसको आक्रमक कारबाही सुस्त बन्दैछ : युक्रेन

रुसी सेनाले मिसाइल र बम हमलाको सहारा लिएको पनि युक्रेनले जनाएको छ ।

‘पछिल्लो २४ घण्टामा शत्रुले आफ्नो आक्रामक कारवाहीको गतिलाई सुस्त बनाएको छ । मुख्यतया नागरिक पूर्वाधारमा मिसाइल र बम हमलाको सहारा लिएको छ ।  युक्रेनको सशस्त्र फौजले एक विज्ञप्तिमा भनेको छ । रुसी सेनाले २४ फेब्रुअरीदेखि युक्रेनमा हमला गरिरहेको छ । 

रुसले किभ, सुमी, खार्किभ, मारिओपोललगायतका सहरहरुलाई निरन्तर घेरा हालेको पनि युक्रेनी सेनाले जनाएको छ । -एजेन्सी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Anish Pokhrel म हराएको मान्छे, कृपयाँ मलाई खोज्ने प्रयास नगर्नु होला। तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register