सीलाई ‘तानाशाह’ सँग तुलना गरेको भन्दै चीनद्वारा चासो व्यक्त

Jun 22, 2023 - 01:47
 0
सीलाई ‘तानाशाह’ सँग तुलना गरेको भन्दै चीनद्वारा चासो व्यक्त
सीलाई ‘तानाशाह’ सँग तुलना गरेको भन्दै चीनद्वारा चासो व्यक्त

बेइजिङ - अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ नेता सी चिनफिङलाई ‘तानाशाह’ सँग तुलना गरेको टिप्पणीलाई चीनको विदेश मन्त्रालयले ‘खुला राजनीतिक उक्साहट’ को संज्ञा दिएको छ ।

क्यालिफोर्नियामा मङ्गलबार आयोजित एक कार्यक्रममा बाइडेनले गत फेब्रुअरीमा जासुसीका लागि प्रयोग हुने चिनियाँ बेलुन अमेरिकामाथि उडेको र त्यसपछि अमेरिकी सैन्य जेटविमानले खसालेको घटनाले सी आक्रोशित भएको बताउनुभएको थियो । 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बेइजिङको भ्रमण सम्पन्न गरेको केही दिनपछि दुई विश्व शक्तिराष्ट्रबीच द्वन्द्व हुन नदिन सञ्चार प्रणालीलाई पुनः स्थापित गर्ने उद्देश्यले भ्रमण सम्पन्न गरेको केही दिनपछि ट्रम्पको यो टिप्पणी आएको हो ।

बाइडेनले भन्नुभएको थियो, “जब मैले जासुसी उपकरणले भरिएको दुईवटा बक्स कारले त्यो बेलुन खसालेँ, तब सी चिनपिङ निकै निराश हुनुभयो । कारण के हो भने उहाँलाई थाहा थिएन । जासुसी उपकरणले भरिएको बाकस बेलुनमा थियो ।” 

बाइडेनले भन्नुभएको थियो, “म गम्भीर छु । उनीहरूलाई के भयो थाहा थिएन । तानाशाहहरूका लागि यो ठूलो लज्जाको विषय थियो ।” बेइजिङको विदेश मन्त्रालयले बाइडेनको टिप्पणीलाई ‘हास्यास्पद’ भनेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बुधबार आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो,“अमेरिकी पक्षको केलुनसँग सम्वद्ध टिप्पणी अत्यन्त ‘हास्यास्पद र गैरजिम्मेवार’ छ, यसले आधारभूत तथ्य, कूटनीतिक मर्यादा र चीनको राजनीतिक मर्यादाको गम्भीर उल्लङ्घन गरेको छ ।”उहाँले भन्नुभयो, “चीन यस बिषयमा कडा रूपमा असन्तुष्ट छ र यसको कडा विरोध गर्दछ । 

रासस÷सिन्ह्वा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.