भ्रष्टाचार अन्त्यका लागि संकल्प गरौं भन्दा संसदमा म एक्लो भएँः राजेन्द्र लिङ्देन

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशले प्रगति गर्न नसक्नुको मूल कारण भ्रस्टाचार भएको बताएका छन्।

Mar 9, 2022 - 10:59
 0
भ्रष्टाचार अन्त्यका लागि संकल्प गरौं भन्दा संसदमा म एक्लो भएँः राजेन्द्र लिङ्देन
Pic: Deshsanchar

देश दौडाहाका क्रममा बुधबार झापाको बुद्धशान्ति गाउँपालिका ३ बुधबारे चोकमा आयोजित पार्टी प्रवेश तथा आम सभा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रस्टाचार निर्मूल नहुन्जेल देशले प्रगति गर्न नसक्ने बताए।

सभालाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभाका सबै सदस्यलाई भ्रस्टाचार अन्त्यका लागि संकल्प गरौं भन्दा आफू एक्लो भएको बताए।

उनले भने, ‘मैले संसदमा पनि भनें, भ्रस्टाचार अन्त्यका लागि हामी २ सय ७५ जनाले नै एउटा संकल्प प्रस्ताव पारित गरौं। तर म एक्लो भएँ।’

नेपालका ठूला भनिएका पार्टी सबै भ्रस्टाचारमा चुर्लुम्म डुबेको उनले बताए।

गाउँमा नेता जाँदा ‘चोर आए’ भन्ने कुरा सार्वजनिक गर्दा आफूमाथि सबै खनिएका उनले बताए।

लिङ्देनले भने, ‘यति धेरै खनिए कि भनी साध्य छैन। तर सत्य कुरा त्यही हो।’

आफूले एक रुपैयाँ पनि भ्रस्टाचार नगरेको र जुनसुकै मन्दिरमा छिर्नसक्ने दाबी उनले दोहोर्याए।

उनले भने, ‘मैले यो कुरा पहिला पनि भनें। आज पनि भन्न सक्छु। लु, भनेर वा गरेर देखाउन् त।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Anish Pokhrel म हराएको मान्छे, कृपयाँ मलाई खोज्ने प्रयास नगर्नु होला। तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register