मोरङका एसपी कार्की हेडक्वार्टर तानिए

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की हेडक्वार्टर तानिएका छन् । आर्थिक अनियमिततामा मुछिएपछि प्रहरी हेडक्वार्टरले उनको जिम्मेवारी खोसेको हो । उनलाई प्रहरी हेडक्वार्टरअन्तर्गतको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले जानकारी दिए । अपराध अनुसन्धान कार्यालयका एसपी राजन लिम्बूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा खटाइएको […]

Oct 18, 2024 - 07:59
 0
मोरङका एसपी कार्की हेडक्वार्टर तानिए

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की हेडक्वार्टर तानिएका छन् ।

आर्थिक अनियमिततामा मुछिएपछि प्रहरी हेडक्वार्टरले उनको जिम्मेवारी खोसेको हो ।

उनलाई प्रहरी हेडक्वार्टरअन्तर्गतको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले जानकारी दिए ।

अपराध अनुसन्धान कार्यालयका एसपी राजन लिम्बूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा खटाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register