गुठीको जग्गा खोज्न तदर्थ समिति

दोलखा।  प्रसिद्ध दोलखा भीमेश्वरलाई प्रत्येक वर्ष कार्तिक महिनाको पूर्णिमाको दिन महास्नान गराउन परापूर्व कालदेखि सक्रिय महास्नान गुठी विगत केही वर्ष देखि  निष्क्रिय बनेपछि परम्परागत उक्त संस्कृति अघि बढाउन समस्या देखिएको छ । परम्परागत संस्कृति अनुसार प्रत्येक वर्षको कार्तिक पूर्णिमाको दिन भीमेश्वर मन्दिरमा गुठियारको तर्फबाट तोरीको तेल, मह, दही, दूध लगायतले महास्नान गराउने र राँगो काट्ने […]

Nov 18, 2024 - 16:46
 0
गुठीको जग्गा खोज्न तदर्थ समिति

दोलखा। 

प्रसिद्ध दोलखा भीमेश्वरलाई प्रत्येक वर्ष कार्तिक महिनाको पूर्णिमाको दिन महास्नान गराउन परापूर्व कालदेखि सक्रिय महास्नान गुठी विगत केही वर्ष देखि  निष्क्रिय बनेपछि परम्परागत उक्त संस्कृति अघि बढाउन समस्या देखिएको छ ।

परम्परागत संस्कृति अनुसार प्रत्येक वर्षको कार्तिक पूर्णिमाको दिन भीमेश्वर मन्दिरमा गुठियारको तर्फबाट तोरीको तेल, मह, दही, दूध लगायतले महास्नान गराउने र राँगो काट्ने प्रचलन रहेको छ । त्यसरी महास्नान गरेर राँगो काटेपछि चारदिनसम्म बलि पूजा नचल्ने परम्परा रहेको छ ।

महास्नान गुठी निस्कृय बनेको र तत्कालीन गुठियारहरुले २०५१ सालको नापीमा गुठीको जग्गा आफ्नो नाममा गरेपछि आयस्रोतको समेत अभावमा महास्नान र खड्गेजात्रामा समस्या देखिएकोले महास्नान गुठी सञ्चालनको लागि गुठीयारहरु कै पहलमा ८५ वर्षीय  ज्येष्ठ नागरिक भीमसेन श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको छ । 

समितिको उपाध्यक्षमा रामकुमार श्रेष्ठ, महासचिव वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, सचिव शम्भु श्रेष्ठ र कोषाध्यक्ष रञ्जित श्रेष्ठ रहेका छन् । त्यसैगरी तदर्थ समितिको सदस्यहरुमा गम्भीर श्रेष्ठ, बाल गोपाल श्रेष्ठ, शान्ति श्रेष्ठ र दुर्गा श्रेष्ठ रहेका छन् । 

गुठियारहरुको भेलाले तदर्थ समितिलाई तत्कालै सरकारको आधिकारीक निकायमा महास्नान गुठीको नाममा दर्ता गर्ने र विहार्छे तथा डाँडाथोक टोलमा रहेको महास्नान गुठीको नामको जग्गा– जमिनको खोजिगरी पुनः त्यसलाई गुठिलै नाममा ल्याउन पहल गर्ने निर्णय गरेको तदर्थ समितिको महासचिव वरिष्ठ कलाकार मदनदास श्रेष्ठले बताए । 

त्यसरी विगतमा गुठीको नाममा रहेको जग्गा पुनः गुठीकै नाममा ल्याएपछि त्यसैको आयस्रोतले परम्परागत संस्कृति अनुसार प्रत्येक वर्ष भीमेश्वरलाई महास्नान गराउन र खड्गे जात्रा सहज ढङ्गले सञ्चालन गर्न सहयोग पुग्ने महासचिव श्रेष्ठले बताए ।

विगतमा विहार्छे टोल र डाडाँथोक टोलका गुठियारले तोरीको तेल, दही, दूध, घ्यु लगायतका सामग्री उपलब्ध गराई त्यसैबाट भीमेश्वरलाई महास्नान र खड्गेजात्रा समेत सञ्चालन गरिँदै आएकोमा पछि त्यो काम बन्द भएको महासचिव श्रेष्ठको भनाई छ । महास्नान गुठीमा दुुई टोलका सबै परिवार गरी झन्डै तीन सय जना आबद्ध रहेको श्रेष्ठले बताए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register