सिनवारको हत्याको हमासले पनि गर्‍यो पुष्टि

एजेन्सी  । प्यालेस्टिनी सशस्त्र समूह हमासले शुक्रबार गाजामा इजरायली सेनाद्वारा आफ्नो नेता याह्या सिनवारको हत्या भएको पुष्टि गरेको छ । इजरायलले उनको मृत्युको घोषणा गरेको एक दिनपछि हमासले पुष्टि गरेको हो । “हामी महान नेता, शहिद भाइ, याह्या सिनवार, अबु इब्राहिमको शोक मनाउँछौँ”, कतारस्थित हमासका अधिकारी खलिल अल–हय्याले अल जजिराद्वारा प्रसारित रेकर्ड गरिएको भिडियो वक्तव्यमा […]

Oct 18, 2024 - 17:35
 0
सिनवारको हत्याको हमासले पनि गर्‍यो पुष्टि

एजेन्सी  । प्यालेस्टिनी सशस्त्र समूह हमासले शुक्रबार गाजामा इजरायली सेनाद्वारा आफ्नो नेता याह्या सिनवारको हत्या भएको पुष्टि गरेको छ । इजरायलले उनको मृत्युको घोषणा गरेको एक दिनपछि हमासले पुष्टि गरेको हो ।

“हामी महान नेता, शहिद भाइ, याह्या सिनवार, अबु इब्राहिमको शोक मनाउँछौँ”, कतारस्थित हमासका अधिकारी खलिल अल–हय्याले अल जजिराद्वारा प्रसारित रेकर्ड गरिएको भिडियो वक्तव्यमा भने ।

सन् २०२३ अक्टोबर ७ को आक्रमणपछि सिनवार इजरायलको सबैभन्दा खोजिएको व्यक्ति बनेका थिए। हमासको आक्रमण इजरायली इतिहासमा सबैभन्दा घातक थियो ।

वक्तव्यमा हय्याले गाजामा युद्ध समाप्त नभएसम्म हमासले आक्रमणका क्रममा इजरायलबाट कब्जा गरेका बन्धकहरूलाई रिहा नगर्ने बताए ।

“गाजामा हाम्रा मानिसहरू विरुद्धको आक्रमण नरोकिएसम्म बन्धकहरू फर्कने छैनन्”, उनले इजरायललाई गाजाबाट फिर्ता हुन र इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न आह्वान गर्दै भने ।

हमासले सिनवारको हत्याबाट शक्ति लिने भन्दै हय्याले ‘हमासले उहाँलाई उहाँभन्दा अघिका आन्दोलनका नेताहरू र प्रतीकहरू’ मध्ये राखेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register