नेसन्स लिगमा साविक विजेता स्पेनको अपराजित यात्रा कायमै

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा साविक विजेता स्पेनले अपराजित यात्रा कायमै राखेको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा स्विट्जरल्यान्डलाई ३–२ गोलअन्तरले हराउँदै युरो कप विजेतासमेत रहेको स्पेनले अपराजित यात्रा कायमै राखेको हो । खेलको ३२ औँ मिनेटमा एरेमी पिनोको गोलमा स्पेनले अग्रता लिएको थियो । तर ६३ औँ मिनेटमा स्विट्जरल्यान्ड खेलमा फर्कियो […]

Nov 19, 2024 - 01:35
 0
नेसन्स लिगमा साविक विजेता स्पेनको अपराजित यात्रा कायमै

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा साविक विजेता स्पेनले अपराजित यात्रा कायमै राखेको छ ।

सोमबार राति घरेलु मैदानमा भएको खेलमा स्विट्जरल्यान्डलाई ३–२ गोलअन्तरले हराउँदै युरो कप विजेतासमेत रहेको स्पेनले अपराजित यात्रा कायमै राखेको हो ।

खेलको ३२ औँ मिनेटमा एरेमी पिनोको गोलमा स्पेनले अग्रता लिएको थियो । तर ६३ औँ मिनेटमा स्विट्जरल्यान्ड खेलमा फर्कियो । जोल मोन्टेइरोले बराबरी गोल फर्काएका हुन् ।

तर ब्रायन गिलको गोलमा स्पेनले लगत्तै अग्रता लियो । उनले ६८ औँ मिनेटमा गोल गरेका हुन् ।

स्विट्जरल्यान्डका अन्दी जेकिरी खेलको ८५ औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गरेपछि खेल फेरि रोमाञ्चक बराबरीमा परिणत भयो ।

तर खेलको अतिरिक्त समयमा ब्रायन जारागोजाले पेनाल्टीमार्फत् निर्णायक गोल गर्दै स्पेनलाई ३–२ को जित दिलाए ।

यसअघि नै क्वार्टरफाइनलमा प्रवेश गरेको स्पेनले यस जितसँगै लिगमा अपराजित यात्रा कायमै रहेको छ । लिग ‘ए’को समूह ४ को विजेता बनेको स्पेनले १६ अंक जोडेको छ । उसले ६ मध्ये ५ खेलमा जित र १ मा बराबरी खेलेको छ ।

यसै समूहमा ८ अंक जोडेको डेनमार्क उपविजेता बन्दै क्वार्टरफाइनलमा पुगेको छ ।

यस समूहबाट सर्बियाले रेलिगेसन प्ले अफ खेल्नेछ भने स्विट्जरल्यान्ड रेलिगेसनमा परेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register