छविलाल जोशी हिरासत छलेर अस्पतालमा, रवि भने चौकीकै छुट्टै कोठामा

जोशीलाई हिरासत छलेर अस्पतालमा बस्ने सुविधा दिएको छ भने रवि लामिछानेलाई प्रहरी चौकीकै छुट्टै कोठामा बस्ने व्यवस्था मिलाइएको छ ।

Oct 20, 2024 - 07:25
 0
छविलाल जोशी हिरासत छलेर अस्पतालमा, रवि भने चौकीकै छुट्टै कोठामा

काठमाडौं । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई हिरासतबाट अस्पतालमा सारिएको छ । जोशीलाई अहिले पोखरास्थित फिस्टेल अस्पतालमा राखिएको छ ।

जोशीलाई हिरासत छलेर अस्पतालमा बस्ने सुविधा दिएको छ भने रवि लामिछानेलाई प्रहरी चौकीकै छुट्टै कोठामा बस्ने व्यवस्था मिलाइएको छ ।

असोज ६ मा काठमाडौँबाट पक्राउ परेका जोशी यसअघि हिरासतमा थिए । तर, कास्कीको प्रमुखको रूपमा सरुवा भएर असोज १४ मा हाजिर भएपछि प्रहरी उपरीक्षक ओलियाले उनलाई अस्पताल बस्ने सुविधा दिएका हुन् ।

यसअघि बिसन्चो भएको भन्दै जोशीले अस्पताल बस्ने प्रयास गरेका थिए । तर, तत्कालीन एसपी मोहन थापाले उनलाई अस्पताल बस्ने अनुमति दिएनन् ।

त्यसबेला स्वास्थ्य परीक्षण गराउँदा उनलाई निमोनिया देखिएको थियो । तर, अहिले निमोनिया मुक्त भएपछि पनि उनलाई अस्पताल राखिएको छ ।

तत्कालीन गृहमन्त्री रवि लामिछानेले पक्राउ परेका व्यक्तिलाई अस्पतालमा राख्न मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिस अनिवार्य गरेका थिए ।

२०८१ वैशाख २४ मा आफैँले गरेको सो निर्णयअनुसार लामिछाने पनि अस्पताल बस्न पाउने छैनन् । उनलाई रविलाई अरू थुनुवा राखेको ठाउँमा राखिएको छैन । जिल्ला प्रहरी कार्यालयमा छुट्टै कोठा खाली गरेर राखिएको जनाइएको छ ।
एक प्रहरीले भने, ‘उहाँलाई एक कोठ खाली गरेर छुट्टै एक्लै राखिएको छ ।’

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराईँदै छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले पूरक मुद्दाका लागि अनुसन्धान अगाडि बढाएको बताए । ‘हामीले पूरक मुद्दा लैजान अनुसन्धान अगाडि बढाएका हौं । यसअघि पक्राउ परेका छविलाल जोशीसँगै जोडेर लैजाने हो,’ उनले भने ।

जोशीको भने बयान सकिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register