महाराष्ट्र र झारखण्डको चुनावी परिणामबारे मोदी– विकास र सुशासनको ‘ऐतिहासिक जित’

नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको महायुति गठबन्धनले महाराष्ट्रमा कीर्तिमानी बहुमतका साथ सत्ता कायम राख्ने तयारी गरिरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ भएको बताएका छन् । महायुतिले महाराष्ट्र विधानसभा चुनावमा २८८ सिटमध्ये २३० सिटमा जित हासिल वा अग्रता लिएको छ । विपक्षी गठबन्धन महाविकास अघाडीले […]

Nov 24, 2024 - 02:53
 0
महाराष्ट्र र झारखण्डको चुनावी परिणामबारे मोदी– विकास र सुशासनको ‘ऐतिहासिक जित’

नयाँ दिल्ली । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको महायुति गठबन्धनले महाराष्ट्रमा कीर्तिमानी बहुमतका साथ सत्ता कायम राख्ने तयारी गरिरहँदा प्रधानमन्त्री नरेन्द्र मोदीले महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ भएको बताएका छन् ।

महायुतिले महाराष्ट्र विधानसभा चुनावमा २८८ सिटमध्ये २३० सिटमा जित हासिल वा अग्रता लिएको छ । विपक्षी गठबन्धन महाविकास अघाडीले ५० सिटमा जित हासिल वा अग्रता लिएको छ ।

त्यसैगरी, झारखण्डमा झारखण्ड मुक्तिमोर्चा (जेएमएम) नेतृत्वको गठबन्धनले ५६ सिट जित्ने देखिएको छ । यहाँ जेएमएम एक्लैले ३४ सिट जित्ने अनुमान गरिएको छ । कांग्रेसले १६, राष्ट्रिय जनता दलले चार र भाकपा (माले)ले २ सिट जित्ने अनुमान गरिएको छ ।

झारखण्डमा विपक्षी भाजपाले २२ सिट जित्ने देखिएको छ भने उसको सहयोगी अल झारखण्ड स्टुडेन्ट्स पार्टी (आजसू), लोक जनशक्ति पार्टी (रामविलास) र जनता दल (युनाइटेड)ले एक–एक सिट जित्ने अनुमान गरिएको छ । यहाँका धेरै सीटमा अझै मतगणना जारी छ ।

निर्वाचन आयोगका अनुसार हेमन्त सोरेनले भाजपाका गामलियाल हेम्ब्रोमलाई ३९ हजार ७९१ मतको अन्तरले पराजित गर्दै बरहैतमा निर्वाचित भएका छन् । सोरेनलाई ९५ हजार ६१२ मत प्राप्त भएको छ भने हेमब्रोमले ५५ हजार ८२१ म्त प्राप्त गरेका छन् ।

सोरेन अब जेएमएम नेतृत्वको गठबन्धनको नेतृत्वमा झारखण्डको मुख्यमन्त्रीको रूपमा फर्कने तयारीमा देखिएका छन् ।

मोदीले गरे आभार प्रकट

सामाजिक सञ्जाल एक्समा एक पोस्टमा प्रधानमन्त्री मोदीले आफ्नो दल भाजपा नेतृत्वको गठबन्धनलाई मतदान गरेकोमा आभार प्रकट गर्दै महाराष्ट्रको प्रगतिको लागि भाजपा र भाजपा नेतृत्वको गठबन्धनले काम गरिरहने आश्वासन दिएका छन् ।

‘विकासको जित, सुशासनको जित हुन्छ । एकताबद्ध भएर हामी अझ माथि उक्लनेछौं । एनडीएलाई ऐतिहासिक जनादेश दिएकोमा महाराष्ट्रका मेरा दिदीबहिनी र दाजुभाइ र विशेष गरी राज्यका युवा र महिलाहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु,’ सन्देशमा उनले लेखेका छन्, ‘यो स्नेह र न्यानोपन अतुलनीय छ। म जनतालाई विश्वास दिलाउन चाहन्छु कि हाम्रो गठबन्धनले महाराष्ट्रको प्रगतिको लागि काम गरिरहनेछ। जय महाराष्ट्र ।’

प्रधानमन्त्री मोदीले विभिन्न राज्यका जनतालाई विभिन्न उपचुनावमा एनडीएका उम्मेदवारलाई आशीर्वाद दिएकोमा पनि धन्यवाद दिएका छन् ।

 काङ्ग्रेस सामाजिक न्यायका लागि लड्छ- खड्गे

काङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले पनि झारखण्ड र महाराष्ट्रको चुनावी परिणामप्रति प्रतिक्रिया व्यक्त गरेका छन् ।

चुनावी परिणामप्रति प्रतिक्रिया व्यक्त गर्दै एक्समा गरिएको पोष्टमा खड्गेले झारखण्डका लागि लेखेका छन्, ‘झारखण्डका जनताले आफ्नो सार्वजनिक अधिकार, पानी, जङ्गल, भूमिको मुद्दालाई प्राथमिकताका साथ रोजेका छन्,’ उनले ‘विभाजनकारी र झूटको राजनीतिलाई अस्वीकार गर्दै भने, ‘हामीले संवैधानिक संस्थाहरूको दुरुपयोगको खेललाई परास्त गरेका छौं ।’ उनले हेमन्त सोरेन र गठबन्धनका सबै नेतालाई धन्यवाद दिएका छन् भने सबै काङ्ग्रेस कार्यकर्तालाई हार्दिक कृतज्ञता ज्ञापन गरेका न् ।

उनले भने, ‘हामीले सामाजिक न्यायका लागि लड्नुपर्छ, जनताको आवाजलाई उच्च राख्नुपर्छ, जवाफदेही सरकार बनाउनुपर्छ । विश्वास अक्षुण्ण छ ।’

महाराष्ट्रको चुनावी परिणामबारे कांग्रेस अध्यक्ष खड्गेले लेखेका छन्, ‘महाराष्ट्रको परिणाम अनपेक्षित छ । पार्टीले यी परिणामहरूको तहसम्म पुग्न र वास्तविक कारणहरू बुझ्न प्रयास गरिरहेको छ। हामी हाम्रा नेता, कार्यकर्ता र समर्थकहरूलाई धन्यवाद दिन्छौं। हामी छत्रपति शिवाजी, शाहूजी, फुले र बाबासाहेब अम्बेडकरको विचारधाराका सच्चा प्रतीक हौं।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register