वायनाडमा ४ लाख मतान्तरसहित प्रियंका गान्धी विजयी

काठमाडौं । भारतको केरला राज्यको वायनाड लोकसभा सीटमा कांग्रेस उम्मेदवार प्रियंका गान्धी विजयी भएकी छन् । निर्वाचन आयोगको वेबसाइटका अनुसार सीपीआईका उम्मेदवार सत्यन मोकेरीलाई ४ लाख मतान्तरले हराउँदै गान्धी विजयी भएकी हुन् । मोकेरीले दुई लाख ११ हजार मत ल्याएका छन् भने भाजपा उम्मेदवार नव्य हरिदास १ लाख मत पाएकी छन् । राहुल गान्धीले वायनाड […]

Nov 23, 2024 - 11:53
 0
वायनाडमा ४ लाख मतान्तरसहित प्रियंका गान्धी विजयी

काठमाडौं । भारतको केरला राज्यको वायनाड लोकसभा सीटमा कांग्रेस उम्मेदवार प्रियंका गान्धी विजयी भएकी छन् ।

निर्वाचन आयोगको वेबसाइटका अनुसार सीपीआईका उम्मेदवार सत्यन मोकेरीलाई ४ लाख मतान्तरले हराउँदै गान्धी विजयी भएकी हुन् ।

मोकेरीले दुई लाख ११ हजार मत ल्याएका छन् भने भाजपा उम्मेदवार नव्य हरिदास १ लाख मत पाएकी छन् ।

राहुल गान्धीले वायनाड सिट छोडेपछि प्रियंका गान्धी यहाँबाट उपचुनावमा लडेकी हुन् ।

यस वर्ष जुनमा भएको चुनावमा राहुल गान्धीले वायनाड सिटमा ३ लाख ६४ हजारभन्दा बढी मतान्तरले विजयी भएका थिए । उनले ६ लाख ४७ हजारभन्दा बढी मत पाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register