नागढुंगा बाटोको वैकल्पिक धार्के–सितापाइला सडक बन्द

काठमाडौं । नागढुंगाको बाटोको वैकल्पिक सडक धादिङको धार्के–सितापाइला सडक अनिश्चितकाका लागि बन्द भएको छ । धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र गर्ने काम सुरु भएको भन्दै धार्के–सितापाइला सडकखण्ड बन्द गरिएको हो । सूचना जारी गरी धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष विशाल भट्टराईले सडक बन्दको जानकारी दिएका हुन् । धार्के–सितापाइला सडक अर्को सूचना जारी […]

Oct 20, 2024 - 09:37
 0
नागढुंगा बाटोको वैकल्पिक धार्के–सितापाइला सडक बन्द

काठमाडौं । नागढुंगाको बाटोको वैकल्पिक सडक धादिङको धार्के–सितापाइला सडक अनिश्चितकाका लागि बन्द भएको छ ।

धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र गर्ने काम सुरु भएको भन्दै धार्के–सितापाइला सडकखण्ड बन्द गरिएको हो ।

सूचना जारी गरी धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष विशाल भट्टराईले सडक बन्दको जानकारी दिएका हुन् ।

धार्के–सितापाइला सडक अर्को सूचना जारी नहुन्जेलसम्म अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाइएको वडाध्यक्षले जारी गरेको सूचनामा उल्लेख छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register