राजविराजको यातायात कार्यालयबाट दुई करोड १४ लाख राजस्व सङ्कलन

कुनौली । सप्तरीको राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१–८२ को तीन महिनामा रु दुई करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । सवारीसाधन कर, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र जारीबाट आव २०८१–८२ को साउनदेखि असोजसम्ममा रु दुई करोड १४ लाख ६ हजार एक सय २० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख कामेश्वर […]

Nov 1, 2024 - 05:57
 0
राजविराजको यातायात कार्यालयबाट दुई करोड १४ लाख राजस्व सङ्कलन

कुनौली । सप्तरीको राजविराजस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१–८२ को तीन महिनामा रु दुई करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

सवारीसाधन कर, नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र जारीबाट आव २०८१–८२ को साउनदेखि असोजसम्ममा रु दुई करोड १४ लाख ६ हजार एक सय २० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख कामेश्वर रोहिताले बताए ।

सवारीसाधन करबाट रु एक करोड ३६ लाख पाँच हजार पाँच सय २५, यातायात क्षेत्रको आम्दनीबाट रु ६५ हजार नौ सय १० र सवारी दर्ता किताबापत रु २५ लाख ४३ हजार एक सय ८५ राजस्व सङ्कलन भएको छ ।

सवारी चालक अनुमतिपत्र बापत रु ९१ लाख ९१ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । विसं २०७९ साउन ३१ गते सेवा प्रारम्भ भएको उक्त कार्यालयबाट आव २०८०–८१ मा रु १३ करोड ८५ लाख ५८ हजार एक सय ५१ राजस्व सङ्कलन भएको थियो भने २०७९–८० मा रु सात करोड ५६ लाख २५ हजार चार सय ७५ सङ्कलन भएको थियो । –रासस–

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register