कुरा फेर्दै रास्वपा, प्रदर्शन रविका लागि नभइ सहकारी पीडितका लागि भएको जिकिर

सुरुमा रवि लामिछाने पक्राउ 'प्रतिशोध' भएको र त्यसविरुद्ध आफूहरूले निरन्तर र शृङ्खलाबद्ध आन्दोलन गर्ने बताएका रास्वपा नेताहरूले कुरा फेरेर अहिले आफूहरूको आन्दोलन सहकारी पीडितकै लागि भनेर कुरा फेरेका छन् । 

Oct 25, 2024 - 11:43
 0
कुरा फेर्दै रास्वपा, प्रदर्शन रविका लागि नभइ सहकारी पीडितका लागि भएको जिकिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता डा. तोसिमा कार्कीले आफूहरूको आन्दोलन पार्टी सभापति रवि लामिछानेका लागि नभएको जिकिर गरेकी छन् ।

शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा गरिएको विरोध प्रदर्शनको क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै कार्कीले यस्तो जिकिर गरेकी हुन् ।

उनले आफूहरूको आन्दोलन/प्रदर्शन सहकारी पीडितका लागि भएको जिकिर गरिन् । “यो आन्दोलन रास्वपाको मात्रै होइन, जनताको आन्दोलन हो, जनविद्रोह हो । व्यक्ति रवि लामिछाने रिहाइ हुँदैमा यो आन्दोलन रोकिँदैन । सहकारी पीडितले न्याय नपाएसम्म हाम्रो आन्दोलन रोकिँदैन । उहाँहरूले आफ्नो बचत रकम फिर्ता पाउनुपर्छ । त्यसैले यो आन्दोलन रवि लामिछानेका लागि होइन, सहकारी पीडितका लागि हो ।”

फरक प्रसङ्गमा कार्कीले रवि लामिछानेलाई थुनेर मात्रै राख्ने काम भएको बताइन् । दुईपटक म्याद थपेर राखिएको तर, ६ घण्टा पनि बयान नलिइएको उल्लेख गर्दै उनले भनिन्, “किन यसो गरिएको भनेर सोध्दा कागज जुटाउँदैछौँ भनिन्छ तर, थुनेर मात्रै राख्ने काम भएको छ । यो राजनीतिक प्रतिशोध नभइकन यो के हो त ?”

त्यसो त रास्वपाले रवि लामिछाने पक्राउपछि मात्रै आन्दोलन सुरु गरेको हो । त्यसअघि उसले कुनै आन्दोलन गर्ने योजनासमेत बनाएको थिएन तर, रवि लामिछाने कात्तिक २ गते पक्राउ पर्नेबित्तिकै विरोध प्रदर्शन सुरु भयो ।

एक हप्ता पोखरामा विरोध प्रदर्शन गरेको रास्वपाले शुक्रबारबाट काठमाडौं प्रदर्शन थालेको छ । पोखरामा रवि लामिछानेको पक्षमा एक ठाउँ प्रदर्शन भइरहँदा छेवैमा सहकारी पीडितहरूको आन्दोलन हुन्थ्यो । तर, अहिले भने रास्वपाले आफूहरूको आन्दोलन पनि सहकारी पीडितकै आन्दोलन भन्न थालेको छ ।

सुरुमा रवि लामिछाने पक्राउ ‘प्रतिशोध’ भएको र त्यसविरुद्ध आफूहरूले निरन्तर र शृङ्खलाबद्ध आन्दोलन गर्ने बताएका रास्वपा नेताहरूले कुरा फेरेर अहिले आफूहरूको आन्दोलन सहकारी पीडितकै लागि भनेर कुरा फेरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register