सांसदको माग : एमाले कार्यालयको जग्गादानबारे अख्तियारले अनुसन्धान गरोस्

काठमाडौं । भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई दान दिएको जग्गाबारे प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रश्न उठेको छ । सोमबार बसेको बैठकमा सांसदहरुले उक्त दान भ्रष्टाचार हो कि होइन भनेर प्रश्न गरेका छन् । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्नुपर्ने उनीहरुको माग छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग […]

Oct 28, 2024 - 09:01
 0
सांसदको माग : एमाले कार्यालयको जग्गादानबारे अख्तियारले अनुसन्धान गरोस्

काठमाडौं । भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई दान दिएको जग्गाबारे प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रश्न उठेको छ ।

सोमबार बसेको बैठकमा सांसदहरुले उक्त दान भ्रष्टाचार हो कि होइन भनेर प्रश्न गरेका छन् । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्नुपर्ने उनीहरुको माग छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनमाथि छलफल भइरहेकोले सो बैठकमा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई पनि उपस्थित थिए ।

छलफलका क्रममा माओवादी केन्द्रकी सांसद दुर्गा राईले प्रधानमन्त्रीको पार्टी कार्यालयका लागि १० रोपनी १४ आना जग्गा दान लिनु भ्रष्टाचार भएको बताइन् ।

उनले भनिन्, ‘आज अख्तियार टिम यहीँ छ । दानदातब्यको कुरा के हो ? भ्रष्टाचार हो कि होइन ? १० रोपनी जग्गा दान लिएकोलाई एमनेस्टीले भ्रष्टाचार भनेको छ ।’

यस्ते, सत्तारुढ दल नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले पनि एमालेले पार्टी कार्यालयका लागि पाएको दानजग्गाबारे प्रश्न गरिन् । ‘प्रधानमन्त्री, मन्त्री, सांसदहरुले ड्यामका ड्याम गिफ्ट लिन थाले मुलुक के हुन्छ ?’, उनले भनिन् ।

गिफ्ट लिने र दिनेलाई दुबै भ्रष्टाचार भएकोले कारबाही हुनुपर्ने उनको माग छ ।

व्यवसायी गुरुङले दान गरेको कीर्तिपुर नगरपालिकास्थित जग्गामा पार्टी कार्यालय शिलान्याससमेत भइसकेको छ । प्रधानमन्त्री ओली र व्यवसायी गुरुङले दशैंको अष्टमीको दिन भवन शिलान्यास गरेका थिए । उक्त विषयमा सर्वोच्च अदालतमासमेत रिट परिसकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register