ललितपुरमा खुल्यो युनाइटेड क्लब

ललितपुर।  ललितपुरको थती टोलमा युनाइटेड क्लबको शुभारम्भ भएको छ । शनिवार  आयोजित एक कार्यक्रमबीच बागमती प्रदेशका श्रम रोजगार तथा यातयात मन्त्री प्रेमभक्त महर्जनले क्लबको उद्घाटन गरेका हुन् ।  उनले समाजलाई एकतामा बाध्न र युवाहरुमा जागरण गराउनमा क्लबको भूमिका अनिवार्य हुने बताए । उनले भने,‘ समाजमा आइपर्ने समस्याहरुलाई क्वबको माध्यमबाट टेवा पु¥याउन सक्षम युवा नेतृत्वदायि भूमिकाका […]

Nov 24, 2024 - 15:22
 0
ललितपुरमा खुल्यो युनाइटेड क्लब

ललितपुर। 

ललितपुरको थती टोलमा युनाइटेड क्लबको शुभारम्भ भएको छ । शनिवार  आयोजित एक कार्यक्रमबीच बागमती प्रदेशका श्रम रोजगार तथा यातयात मन्त्री प्रेमभक्त महर्जनले क्लबको उद्घाटन गरेका हुन् । 

उनले समाजलाई एकतामा बाध्न र युवाहरुमा जागरण गराउनमा क्लबको भूमिका अनिवार्य हुने बताए । उनले भने,‘ समाजमा आइपर्ने समस्याहरुलाई क्वबको माध्यमबाट टेवा पु¥याउन सक्षम युवा नेतृत्वदायि भूमिकाका लागि क्वब आजको आवश्यकता बनेको छ ।’

क्वलको समितिमा ११ जनाको अहिले कार्यसमिति रहेको छ भने अध्यक्षमा पवन शाही रहेका छन् । शाहीको नेतृत्वले क्वबलाई निरन्तर अघि बढाउने क्षेत्रका खेलाडीहरु उत्पादन गर्नका लागि क्वलको प्रमुख भूमिका हुने जनाइएको छ ।

 कार्यक्रममा बोल्दै क्लवका शाहीले  यो क्लब विशुद्ध सेवामूलक संस्था भएको बताए । उनले भने,‘यसमा हामीले विभिन्न अवसर नपाएका खेलाडीहरुलाई यस क्वलमा जोडेर एउटा सक्षम नेतृत्व भएको खेलाडी उत्पादन गर्ने र सामाजिक कार्यमा सक्रिय  रहने मात्र हो ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register