घुससहित पक्राउ परेका वडा अध्यक्ष ओलीविरुद्ध अख्तियारले हाल्यो भ्रष्टाचारको मुद्दा
काठमाडौं । असी हजार घुस सहित पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ का अध्यक्ष डिल्ली प्रसाद ओलीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । सोमबार अख्तियार दूरुपयोग अनुसन्धान आयोगले ओलीविरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि घुस लिइसकेको अवस्थामा केही दिन अघि ईलाका […]
काठमाडौं । असी हजार घुस सहित पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका वडा नं २ का अध्यक्ष डिल्ली प्रसाद ओलीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । सोमबार अख्तियार दूरुपयोग अनुसन्धान आयोगले ओलीविरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
सेवाग्राहीसँग जग्गा पास तथा लेनदेन सिफारिस सम्बन्धी कार्यका लागि घुस लिइसकेको अवस्थामा केही दिन अघि ईलाका प्रहरी कार्यालय, अनारमनीले उनलाई नियन्त्रणमा लिएको थियो ।
अध्यक्ष ओलीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो असी हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुने मागदाबीसहित सोमबार विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर भएको छ ।
What's Your Reaction?