स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।

Nov 20, 2024 - 03:23
 0
स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै

काठमाडौं । यही मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज (बुधबार) उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ ।

आज बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने र दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले बताएको छ ।

यसैगरी आज दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

मंगलबार उम्मेदवारको नामावली प्रकाशन भएको थियो ।

कुल ४४ पदमा हुन लागेको निर्वाचनमा ४१० जनाको उम्मेदवारी परेको छ । उपनिर्वाचनका लागि आइतबार मनोनयनपत्र दर्ता गरिएको थियो ।

मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदैछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register