साढे ८ घण्टा चल्यो रविको बयान, मंगलबार पनि जारी

काठमाडाैं । सहकारी ठगीसम्बन्धी मुद्दामा  हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेको सोमबार झण्डै साढे ८ घण्टा बयान लिइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले सोमबार साढे ८ घण्टा उनको बयान लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकारीले जानकारी दिए । आज बयान नसकिएकाले बयान मंगलबार पनि जारी रहने ती अधिकारीले बताए […]

Oct 28, 2024 - 15:37
 0
साढे ८ घण्टा चल्यो रविको बयान, मंगलबार पनि जारी

काठमाडाैं । सहकारी ठगीसम्बन्धी मुद्दामा  हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेको सोमबार झण्डै साढे ८ घण्टा बयान लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले सोमबार साढे ८ घण्टा उनको बयान लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकारीले जानकारी दिए । आज बयान नसकिएकाले बयान मंगलबार पनि जारी रहने ती अधिकारीले बताए ।

बयानका क्रममा उनले आफूमाथि लागेको अभियोग अस्वीकार गरेका छन् । लामिछाने कार्तिक २ गते रास्वपा पार्टी कार्यालयबाट पक्राउ परेका थिए ।   उनलाई सोही दिन पोखरा लगेर अनुसन्धान सुरु गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register