तिहारमा कस्तो रहला मौसम ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले तिहार विशेष मौसम बुलेटिन जारी गरेको छ । जसअनुसार तिहारमा हल्का वर्षाको सम्भावना रहेको छ । बुलेटिनमा भनिएको छ, ”यस वर्ष तिहारको चतुर्दशी (१५ गते), औँसी (१६ गते), प्रतिपदा (१७ गते) र द्वितीया (१८ गते) का दिनहरूमा देशको कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशहरूका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली […]

Oct 30, 2024 - 08:44
 0
तिहारमा कस्तो रहला मौसम ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले तिहार विशेष मौसम बुलेटिन जारी गरेको छ ।

जसअनुसार तिहारमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बुलेटिनमा भनिएको छ, ”यस वर्ष तिहारको चतुर्दशी (१५ गते), औँसी (१६ गते), प्रतिपदा (१७ गते) र द्वितीया (१८ गते) का दिनहरूमा देशको कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशहरूका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहने तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने देखिन्छ । साथै देशका उच्च पहाडी तथा हिमाली भू‍-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।  उक्त दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रम घट्दो क्रममा रहने सम्भावना देखिन्छ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register