साफ महिला च्याम्पियनसिपमा भारतको विजयी सुरुवात

काठमाडौं ।  दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्‌घाटन खेलमा पाकिस्तानलाई ५-२ गोलअन्तरले पराजित गर्दै भारतले  विजयी सुरुवात गरेको हो । भारतको जितमा ग्रेस डाइङमेइले २ तथा बाला देवी, मनिसा र ज्योति चौहानले समान १-१ गोल गरे । यस्तै पाकिस्तानका लागि सुहा हिरानी […]

Oct 17, 2024 - 15:59
 0
साफ महिला च्याम्पियनसिपमा भारतको विजयी सुरुवात

काठमाडौं ।  दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्‌घाटन खेलमा पाकिस्तानलाई ५-२ गोलअन्तरले पराजित गर्दै भारतले  विजयी सुरुवात गरेको हो ।

भारतको जितमा ग्रेस डाइङमेइले २ तथा बाला देवी, मनिसा र ज्योति चौहानले समान १-१ गोल गरे । यस्तै पाकिस्तानका लागि सुहा हिरानी र केइला मारी सिद्धिकीले गोल गरे ।

खेलको पाँचौँ मिनेटमै ग्रेस डाइङमेइले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएकी थिईन् । खेलको १७औँ मिनेटमा मनिसाले गोल गर्दै भारतको अग्रता दोब्बर पारिन् । त्यसपछि खेलको ३५औँ मिनेटमा बाला देवीले गोल गर्दै भारतलाई ३-० को अग्रता दिलाएकी थिइन् ।

खेलको ४३औँ मिनेटमा ग्रेसले व्यक्तिगत दोस्रो गोल गरेपछि भारत ४-० को अग्रता लिन सफल भयो  । पहिलो हाफको इन्जुरी समयमा भारतीय कप्तान अशालताले पाकिस्तानी फरवार्ड नादिया खानलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पाकिस्तानले पेनाल्टी पायो । र, पेनाल्टीमा सुहा हिरानी चुकिनन् ।

पहिलो हाफमा ४-१ गोलअन्तरको अग्रता लिएको भारतले दोस्रो हाफमा थप एक गोल गर्‍यो ।  खेलको ७८औँ मिनेटमा  ज्योतिले गोल गरेपछि भारतले पाकिस्तानमाथि ५-२ गोलअन्तरको जित निकालेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register