प्रधानमन्त्रीको प्रश्नः आफ्नै पैसाले कार्यालय खोलेको कुनै दल छ ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित व्यापारी मिनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा दान लिने आफ्नो कदमको बचाउ गरेका छन् । विहीबार सिस्नुपानी नेपालले प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको देउसी कार्यक्रममा जग्गा दान लिने निर्णयविरुद्ध प्रश्न उठेको प्रसंगमा प्रतिप्रश्न गर्दै भने, ‘आफ्नै पैसाले पार्टी कार्यालय खोलेका नेपालका राजनीतिक पार्टी देखाउनुस् ?’ प्रधानमन्त्री ओलीले कुनै राजनीतिक […]

Oct 31, 2024 - 14:45
 0
प्रधानमन्त्रीको प्रश्नः आफ्नै पैसाले कार्यालय खोलेको कुनै दल छ ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विवादित व्यापारी मिनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा दान लिने आफ्नो कदमको बचाउ गरेका छन् ।

विहीबार सिस्नुपानी नेपालले प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको देउसी कार्यक्रममा जग्गा दान लिने निर्णयविरुद्ध प्रश्न उठेको प्रसंगमा प्रतिप्रश्न गर्दै भने, ‘आफ्नै पैसाले पार्टी कार्यालय खोलेका नेपालका राजनीतिक पार्टी देखाउनुस् ?’

प्रधानमन्त्री ओलीले कुनै राजनीतिक दललाई एकजना व्यक्तिले सहयोग गर्न पनि पाउँछ भने समूहमा पनि सहयोग गर्न पाउने तर्क गरे । ‘जुनसुकै राजनीतिक दललाई जसले पनि मन देखि सहयोग गर्न पाउँछ,’ उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register