११ तस्विरमा हेर्नुहोस् नेपाल प्रहरीको कुकुर तिहार कार्यक्रम (तस्विरहरु)

काठमाडौँ । यमपञ्चकको दोस्रो दिन बिहीबार कुकुर तिहार कुकुरको पूजा गरी मनाइएको छ । हिन्दु परम्परा अनुसार कात्तिक कृष्ण चर्तुदशीका दिन भैरवको बहान कुकुरको पूजा गर्ने गरिन्छ । मानिसको निकट साथीको रुपमा मानिने कुकुर आज्ञाकारी र रक्षक भएकाले यसको पूजा गर्ने प्रचलन रहेको छ । यसैबीच कुकुर तिहारकै अवसरमा नेपाल प्रहरीले केन्द्रीय प्रहरी कुकुर तालिम […]

Oct 31, 2024 - 07:44
 0
११ तस्विरमा हेर्नुहोस् नेपाल प्रहरीको कुकुर तिहार कार्यक्रम (तस्विरहरु)

काठमाडौँ । यमपञ्चकको दोस्रो दिन बिहीबार कुकुर तिहार कुकुरको पूजा गरी मनाइएको छ ।

हिन्दु परम्परा अनुसार कात्तिक कृष्ण चर्तुदशीका दिन भैरवको बहान कुकुरको पूजा गर्ने गरिन्छ । मानिसको निकट साथीको रुपमा मानिने कुकुर आज्ञाकारी र रक्षक भएकाले यसको पूजा गर्ने प्रचलन रहेको छ ।

यसैबीच कुकुर तिहारकै अवसरमा नेपाल प्रहरीले केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रका कुकुरको विशेष रूपमा पूजा गरेको छ । नेपाल प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानका लागि प्रयोग गरेका तालिम प्राप्त कुकुरहरूको पूजा गरेको छ ।

प्रहरी केन्द्रीय कुकुर तालिम केन्द्रकी निर्देशक डिआईजी देउती गुरुङले अरु दिन नियमित काम र अभ्यास गर्ने कुकुर तिहारको एक दिन विशेष पूजा गरिने बताइन्। उनले प्रहरीको अनुसन्धान लगायतका काममा सहयोग गर्ने कुकुरलाई पनि कर्मचारी सरह व्यवहार गरेर सरकारले कुकुर पालेको जानकारी दिइन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register