लुम्बिनी सेरामिक्सको लेमिनार टायल्सले पायो आइएसओ प्रमाणपत्र

काठमाडौं । लेमिनार टायल्सको उत्पादक कम्पनी लुम्बिनी सेरामिक्स लिमिटेडले आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीले आइएसओ मापदण्डहरू पालना गरी विश्वस्तरीय भिट्रिफाइड टायलहरू उत्पादन गरेको भन्दै सो प्रमाण पत्र पाएको हो । लुम्बिनी सेरामिक्स्ले गुणस्तरीय व्यवस्थापन प्रणालीको लागि ISO ९००१:२०१५, वातावरणीय व्यवस्थापन प्रणालीको लागि ISO १४००१:२०१५ र व्यावसायिक स्वास्थ्य र सुरक्षा व्यवस्थापन प्रणालीको लागि ISO ४५००१:२०१८ गरी […]

Oct 23, 2024 - 12:13
 0
लुम्बिनी सेरामिक्सको लेमिनार टायल्सले पायो आइएसओ प्रमाणपत्र

काठमाडौं । लेमिनार टायल्सको उत्पादक कम्पनी लुम्बिनी सेरामिक्स लिमिटेडले आइएसओ प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीले आइएसओ मापदण्डहरू पालना गरी विश्वस्तरीय भिट्रिफाइड टायलहरू उत्पादन गरेको भन्दै सो प्रमाण पत्र पाएको हो ।

लुम्बिनी सेरामिक्स्ले गुणस्तरीय व्यवस्थापन प्रणालीको लागि ISO ९००१:२०१५, वातावरणीय व्यवस्थापन प्रणालीको लागि ISO १४००१:२०१५ र व्यावसायिक स्वास्थ्य र सुरक्षा व्यवस्थापन प्रणालीको लागि ISO ४५००१:२०१८ गरी तीनवटा विधाहरूमा प्रमाणपत्र पाएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक आशुतोष खेतानले गुणस्तर र सुरक्षाको सवालमा अन्तर्राष्ट्रिय मापदण्डहरूलाई पछ्याउने मात्रै नभई कम्पनीले सोभन्दा माथिका मापदण्डहरू कायम समेत गर्ने जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register